संरक्षणको पखाईमा माटोको शहर लोमान्थाङ

  • ३ मंसिर २०७६, मंगलवार
  • 3548 पटक पढिएको

धिरन खत्री
म्याग्दी, ३ मंसिर । उपल्लो मुस्ताङका वरपर पहाडको विचमा समथर भुभागमा अवस्थित लोमान्थाङलाई माटोको शहरबाट पनि चिन्ने गरिन्छ । आमेपाल राजाले स्थापना गरेको लोमान्थाङमा १५० घरधुरीको बसोबास रहेको छ । ६ सय बर्ष पहिला आमेपाल राजाले माटोबाट आफु बस्ने दरवार र जनताको सुरक्षासहित एउटै ढोकाबाट बस्ने सुरक्षित माटोको घरहरु निर्माण गरेको लोमाथाङका थाङ्का आर्ट गर्ने तासी गुरुङले जानकारी दिए । ६ सय बर्ष पुरानो दरवार अहिल्यपनि छ । सो दरवार २०७२ सालको भुकम्पले जिर्ण बनाएपछि पुरातत्व विभागको सहयोगमा जिर्णेउद्धार गरिएको छ ।


कोरला नाकाको प्रवेशद्धारमा परिचित लोमान्थाङ गाउँपालिकाका बासिन्दाको कलासस्कृति तिव्वतीयन पहिल्यको सस्कृतिसंग मिल्छ । लोमान्थाङ आमेपाल राजाले माटोको दरवार एतिहासिक गुफा, गुम्वा, माटोको घर, सबै तिव्रतीयन चिनसंग मिल्छ । सो अवलोकन दिनुहँ आन्तरिक तथा बाह्य पर्यटकको अवलोकनको केन्द्र बनेको छ । लोमान्थाङमा परम्परागत ज्ञानसिप, पुर्वजले गरेको कला, उतकृष्ट वास्तुकला, परम्परागत संरचनाहरु साँस्कृतिक सम्पदाका जिउदाँ उदाहरण रहेको लोमान्थाङका कार्सङ गुरुङले बताए ।


दरवारसंगै माटोबाट निर्माण गरिएको ऐतिहासिक सुरक्षा पर्खाल, गुम्वाहरु, विभिन्न चित्रहरु, मुर्तिहरु र सम्पुर्ण बस्तीनै साँस्कृतिक सम्पदाको ज्वलन्त उदारहण रहदै आएका छ । प्राचिन संरक्षण ऐन, २०१३ ले एकसय बर्षभन्दा पुराना इतिहास, कला, विज्ञान, वास्तुकला, गुम्वा, विहार, गुफालाई प्राचिन मानव बस्ती समेतलाई प्राचिन स्मारक भनेर परिभाषित गरेअनुसार लोमान्थाङमा रहेको प्राचिन दरवार र माटोको घरहरु संरक्षणमा जोड दिनुपर्ने स्थानीयको माग रहेको छ ।


तिब्वति परम्परागत शैलीमा निर्माण गरिएको पाचँतले टासी गेफेल भनिने राजदरवार त्यस क्षेत्रको मध्ययुगिन दरवारबास्तकुला एउटा उदाहरण रहेको छ । यो दरवार राजपरिवारको वासस्थानको रुपमा आराधानाकक्ष, भेटभाटकक्ष लगायतका कक्षहरु दरवारभित्र रहेका छन् । ब्यवस्थित बसाईको नमुना र माटोको शहर भनेर चिनिएको लोमान्थाङमा पछिल्लो पर्यटकको संख्या बढाउन र आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आर्थिक अवस्थाअनुसार होटल बस्ने ब्यवस्था मिलाउन होटल ब्यवसायि समिति गठन गरिएको छ ।

उपल्लो मुस्ताङमा फ्रेन्स इटालियन, अमेरिकन यरोपियन देशका नागरिकहरु बढि आउने गरेको एक्याप कार्यालयका निमित प्रमुख श्रीकृष्ण न्यौपानेले बताए । प्रवेश शुल्क बढी हुदाँ विदेशी पर्यटकहरुको संख्या घट्दै गएको निर्मित प्रमुख न्यौपाने बताए ।१९९२मा लोमान्थाङमा अनुमति लिएर आउने पर्यटकहरुको सख्याँ ४३० रहेको थियो । भने २०१६ मा ३ हजार ९१८ जना, १७ मा ४ हजार ११५ जना, १८मा ३९४६ जना आएका थिए । यो बर्षपनि ४ हजारको संख्यामा विदेश पर्यटक आउने एक्यापका रामबहादुर गुरुङले बताए । उनका अनुसार, एक विदेशी पर्यटक बराबर १० दिनको ५ सय डलर रुपैया तिर्ने हुदाँ पछिल्लो समय पर्यटक बढ्न नसकेको बताए । सो रकम नेपाल सरकारले घटाएर २ सयमा ल्याउनुपर्ने माग लोमान्थाङका होटल ब्यवसायी र एक्यापको रहेको छ ।

मुस्ताङलाई माटोको शहरको रुपमा त्यहाँ पुग्ने पर्यटकले ब्याख्या गर्दै आएका छन् । भने परम्परागत शैलिको माटोको घरहरु विस्थापित भएर आधुनिक रुपमा ठुला घरहरु निर्माण भईरहेका छन् ।