जीवन गुजार्न कठिन एक युवाको दर्दानाक भोगाई
- २३ भाद्र २०७५, शनिबार
- 2778 पटक पढिएको
हिरा पाैडेल
म्याग्दी, २३ भदौ । आज मलाई आफ्नै टाउको भारि लागेको छ । गौतम बुद्धको झैं चिन्तन जागेको छ । मान्छे किन दुखि हुन्छ? किन समयमा नै निको नहुने रोग लाग्छ ? अनि कोपिला फक्रन नपाउदै फत्र्याक्कै भुईमा झर्छ र सड्छ यो जीवन ? कठै भनेर जिव्रो निकाल्छ समाज अनि सदाको लागि अस्ताउछ अस्तित्व तर यहि अस्तित्व जोगाउन भन्दै कतिको बिचरा बन्दै र तिरस्कृत बन्दै हात फैलाउनु । बेनि बजार आफ्नै रौनकमा रङमगिदै थियो उज्यालो खोज्न आएका शुक बहादुर सुनार र म उज्यालो देखाउन सक्छुकि भन्दै भौतारिदै थिएँ । मैले कसैको जिवनमा प्रकाशको लागि आफ्नै दृष्टि दिन तयार थिएँ, हामिले भय नभयको योजना बनाएर तछाडमछाड गर्छौं , आवश्यकता नै नभयको ठाउँमा वृक्षारोपण गर्छौं तर सहयोग त्यो व्यक्तिलाई गर्दैनौं जस्लाई साँच्चै गुजारा टार्नु पर्ने ठाउँमा दृष्टि कहिले पुग्ला ? राज्यले पनि त्यस्ता वर्गलाई राहात बाड्ने परिपाटि कहिले शुरु गर्ला ?
जिवनको पच्चीस÷ छब्बिस वर्षकै उमेरमा अरुको साहारामा जीवन विताउनु कत्तिको कस्टकर होला अनि अझै आफन्तको नाममा बुढा बुवा आमाको हातको साहारा । जहाँ छोराको साहाराको बाबू आमाले अपेक्षा गरिरहेका हुन्छन तर कतिन्जेल ती बाबू आमाको कमाईले गुजारा चल्ला ? त्यो पनि अकल्पनिय कुरा , सात जन्म संगै जीवन विताउने प्रण गरेका जीवन साथिले दृष्टि गुम्दा छाडेर हिडिदिन्छन भने अब साहारा कस्को मिल्छ होला । छन त गेडि सबै मेरी छैनन गेडी सबै टेडी भनेझैं भएको छ देविस्थानको एक युवा सुक बहादुर सुनार जस्ले विदेशि भुमिमा पुगेर कमाई गर्दा सम्म सबैले बोलाउथे । जे पनि गर्न सक्थे तर दुई वर्ष सम्म दृष्टिविहिन बन्दा कसैको दृष्टि पर्न सकेन नत राज्य न साथि न सहायोगि दानदाताहरु । समाज छिमेकि भन्ने कुरा सबलका लागि मात्रै रहेछ । यदि उनले एक बोतल रक्सि सगै बसेर खाने हैसियत साथिहरु संग राख्न सक्थे भने उनका पछि जति पनि साथि हुन्थे बलेको आगो सबैले ताप्छन निभेपछि झनै निभाएर छाड्छन ।
जो बेसाहारा छ उसका आत्मबल पनि जुट्न मुस्किल हुन्छ । सायद उनलाई लाग्दोहो आत्माहत्या गरुँ तर कसरी ? आँखानै नभय पछि उनी संग भयको काठको काम गर्ने सीप पनि काम लागेन नत बसेर बोलेर मात्रै पैसा कमाउन सकिन्छ । जिवनको अन्तिम सत्य हो रहेछ सम्पति र सम्बन्ध अबत उनी संग सम्पति भयपनि कसैको साहारा छैन भने जीवन जीवन हैन जिउदो लास जस्तै लागेको छ यदि उनलाई केहि पैसा ब्यालेन्स हुदोहोत श्रीमती फर्केर उनलाई स्याहार गर्न आउछिन । दृष्टि भयको मान्छेलाई अँध्यारो देखि डर लाग्छ तर दृष्टि नहुने हरुलाई सधै अन्धकार सधैं एकनास । तर सुक बहादुर त्यसमा पनि परेनन । उज्यालो को आकृति मनमा छ तर अगाडि अन्धकार छ लाग्छ आत्माको उज्यालो सम्झेर पाईला सार्न खोज्यो ठेस लाग्छ । सहयोग गर्न खोज्ने हरु पनि खै किन पुग्दैनन उनको ब्यसाहारामा ? कमसेकम एक सरो लुगा र एक मुठि जाउलो ले प्राण धन्नु बाहेक उनको जिवनको लक्ष्य के हुन सक्ला ? डक्टर धामि झाक्रि र तन्तरमन्तर पनि केही काम लागेन । आशा मारेर फर्किए बुढा बाबुको हात समाएर । दुर्गम गाउँ देबिस्थान हत्तपत्त बेनि झर्न पनि मिलेन । सहयोग गर्नुस पनि कस्लाई भन्नू फोन गरेर कसैलाई केही भनुँ नम्बर कसरी हेर्नू मन न हो कसरी बुझ्छ होला ? सायद कहि कतै अदृश्य शक्ति भयको भय उनलाई केही गरेर जीवन खुसि बनाउने शक्ति मिलोस । यदि मिल्ने भय आफु मेटाई सहयोग गर्न मन लागेपनि उनको जीवन पुर्ण गराउन असमर्थ भए पछि मेरो जीवन पनि लासझै लागि रहेको छ । अब उनको लागि ज्योति नभए पनि सारा जीवन गुजार्न सम्पति र श्रीमती को सम्बन्ध जरुरि छ ।