बेगखोलामा सडक मर्मत गरेपछि बेनी–जोमसोम सडक सञ्चालनमा

  • १७ आश्विन २०७४, मंगलवार
  • सन्तोष गौतम
  • 3063 पटक पढिएको

म्याग्दी १७ असोज । म्याग्दीको रघुगंगा गाउँपालीका १ मा रहेको बेगखोलामा बाढी आएपछि अवरुद्ध बनेको बेनी–जोमसोम सडक मंगलबार दिउँसोदेखि सञ्चालनमा आएको छ ।

बेनी–जोमसोम–कोरला सडक आयोजनाले डोजर परिचालन गरेर सडक मर्मत गरेपछि दिउँसो १ बजेदेखि ७६ किलोमिटर दुरीको बेनी–जोमसोम सडकमा सिधा सवारी सञ्चालन भएको जिल्ला ट्राफिक प्रहरी प्रमुख शिवप्रसाद पाठकले जानकारी दिनुभयो ।

सडक सञ्चालनमा आएपछि बिचैमा रोकीएका संयौ सवारी साधनहरु गन्तब्यतर्फ लागेका छन् । दसै लगत्तै मुस्ताङ भ्रमण र मुक्तिनाथ दर्शनका लागि आएका आन्तरीक पर्यटक तथा तिर्थयात्रीहरुको बेनी–जोमसोम सडकमा चाप बढेको छ ।

सोमबार साँझ बेगखोलामा आएको बाढीले एउटा ट्याक्सी बगाउनुका साथै सडकमा क्षत्ती पु¥याएको थियो । पोखरेबगरदेखि बेनीतर्फ आउँदै गरेको ध १ ज ४०५ नम्बरको ट्याक्सी बाढीले बगाएको प्रहरीले जनाएको छ ।

खोला तर्ने क्रममा बाढी आएर फसेको ट्याक्सी धकेलेर खोला पार गराउने क्रममा बगाएर कालीगण्डकीमा पु¥याएको थियो । नदीको बिचमा अड्कीएको ट्याक्सी निकाल्ने प्रयास भैरहेको छ ।

सन्तोष गौतम