मकैको विउले बजार नपाउँदा तोरीपानीका कृषक निराश

  • १७ आश्विन २०७४, मंगलवार
  • सन्तोष गौतम
  • 2261 पटक पढिएको

 

म्याग्दी १७,असोज । बेनी नगरपालीका ९ तोरीपानीका कृषकहरु मकैको विउले बजार नपाउँदा निराश भएका छन् ।यसअघिका वर्षमा जिल्ला कृषि विकास कार्यालय मार्फत बजारीकरण हुदै आएको तोरीपानीमा उत्पादीत मकैको विउ यस वर्ष कार्यालयले कार्यक्रम र बजेट नभएका कारण खरिद गर्न नसक्ने बताएपछि कृषक समस्यामा परेका हुन् ।

 

कृषि विकास कार्यालयको कार्यक्रम स्थानीय तहमा हस्तान्तरण भएको र स्थानीय तहसंग समन्वय नहुँदा मकैको विउ बजारीकरणमा समस्या देखिएको तोरीपानी स्थित भगवती विउ उत्पादक कृषक समूहका अध्यक्ष ज्ञानबहादुर विश्वकर्माले बताउनुभयो । समूहले वार्षिक दश मेट्रिकटन मकैको विउ उत्पादन गर्दै आएको थियो । मनकामना, अरुण लगायत जातको मकैको विउ ५५ रुपैयाका दरले कृषि विकास कार्यालय मार्फत म्याग्दी, तनहुँ, लमजुङ लगायत जिल्लामा निकाशी हुने गरेको थियो ।

कृषि विकास कार्यालयले उपलब्ध गराएको मुलबिउबाट तोरीपानीमा पहिलो पुस्ताको विउ उत्पादन गरीन्छ । तोरीपानीका ५० जना कृषकहरु विउ उत्पादन कृषक समूहमा आवद्ध छन् । स्थानीय तहले विउ बिजन खरिद र वितरण सम्बन्धि कार्यक्रम तथा योजना समावेश नगर्दा अन्य ठाउँका कृषकहरुले पनी विउ विजनको सुबिधा पाउन नसकेको गुनासो गरेका छन् ।

 

सन्तोष गौतम