नेकपा माओवादी केन्द्रद्धारा रघुगंगा गाउँपालिकामा संगठन विस्तार तिब्र

  • ४ आश्विन २०७४, बुधबार
  • 4590 पटक पढिएको

म्याग्दी, ४ भदौ । नेकपा माओवादी केन्द्र म्याग्दीले स्थानीय तहहरुमा पार्टीको संगठन विस्तार तथा सम्मेलनलाई तिब्रता दिएको छ । अभियान अन्र्तगत रघुगंगा गाउँपालिका–२ र ३ मा गाउँ सम्मेलन सम्पन्न गरेको छ । वडा नम्बर २ मा माओवादी केन्द्रको दोस्रो गाउँ सम्मेलनबाट नरबहादुर भण्डारीको अध्यक्षतामा २१ सदस्यीय नेकपा माओवादी केन्द्रको वडा कमिटी सर्वसम्मत रुपमा चयन गरिएको छ । असोज ८ गते रघुगंगा गाउँपालिका स्तरीय सम्मेलनको तयारी गरेको माओवादी केन्द्रले वडा तहहरुमा सम्मेलन तथा भेलालाई अगाडी बढाएको हो ।

वडा नम्बर २ मा कमिटीको उपाध्यक्षमा सोमबहादुर भण्डारी (कुमार), रीम खत्री, सचिबमा अर्जुन भण्डारी, सहसचिबमा तिर्थबहादुर कटुवाल, कोषाध्यक्षमा मनकुमारी परियार र सहकोषाध्यक्षमा बालकृष्ण कटुवाललाई चयन गरिएको छ । सोही भेलाबाट मनकुमारी भण्डारीको संयोजकत्वमा अखिल नेपाल महिला संघ (क्रान्तिकारी), नविन भण्डारीको संयोजकत्वमा वाईसीएल, धनबहादुर खत्रीको संयोजकत्वमा अखिल नेपाल किसान संघ, तोरण बहादुर केसीको संयोजकत्वमा अखिल क्रान्तिकारी, मनकुमारी परियारको संयोजकत्वमा दलित संघ, चिरञ्जीवि खत्रीको संयोजकत्वमा शिक्षक संगठन, लिलाबहादुर केसीको संयोजकत्वमा बृद्धिजिवि परिषद र श्रीकृष्ण रिजालको संयोजकत्वमा जनपरिषद गठन गरिएको छ ।

नेकपा माओवादी केन्द्रका वडा अध्यक्ष श्रीकृष्ण रिजालको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका जिल्ला कार्यालय सदस्य तथा बेनी नगर कमिटि अध्यक्ष शेरबहादुर केसीले स्थानीय तह निर्वाचनले माओवादीले उठाएका गणतन्त्र, संघियता, धर्मनिरपेक्षता, समानुपातीक समावेशीता जस्ता मुद्धाहरु कार्यान्वयनको तहमा अगाडी बढेको बताउँदै अन्य दलहरु माओवादीको एजेण्डामा आउनु नै पार्टीको जित भएको बताउनुभयो ।

उहाँले आगामी मंसिर १० गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा पार्टीका उम्मेदवारहरुलाई बिजयी गराउनको लागि सक्रिय भएर लाग्न कार्यकर्ताहरुलाई निर्देशन समते दिनुभयो । भेलामा नेकपा माओवादी केन्द्रका युवा नेताहरु विनोद केसी, रिम कटुवाल, हरी भण्डारी, वाईसीएल जिल्ला उपाध्यक्ष नगेन्द्र केसी, अखिल नेपाल शिक्षक संगठनका लिला बहादुर केसी लगायतले मन्तव्य राख्नुभएको थियो । यसैबिच वडा नम्बर ३ मा भएको भेलालबाट भक्तबहादुर चन्दको अध्यक्षतामा २१ सदस्यीय नेकपा माओवादी केन्द्रको वडा कमिटि गठन भएको छ । कमिटीको उपाध्यक्षमा घनश्याम परियार, गोविन्द रिजाल, सचिबमा राजु पाण्डे लगायत रहनुभएको छ भने सल्लाहकारमा पूर्व अध्यक्ष शालिकराम रिजाललाई चयन गरिएको छ ।