निर्मल स्पोटिङ ४७औ थाक भलिबलको पूरुष र महिला दुबैमा च्याम्पियन

मिस मुस्ताङ: संञ्चिता सिंजाली घोषित

  • १ आश्विन २०७४, आईतवार
  • सुन्दर कुमार थकाली
  • 6706 पटक पढिएको

 निर्मल स्पोटिङ यूवाक्लव लेते मुस्ताङको स्याङमा सम्पन्न ४७औं थाकखेलकुद प्रतियोगिताको महिला र पूरुषतर्फको भलिबल खेलमा च्याम्पियन बनेको छ ।मुस्ताङको जेठो खेलसंस्था थाकखेलकुद तथा सांस्कृतिक बिकास संघले गत बिहिवारबाट थाकखेलकुद प्रतियोगिता संञ्चालन गरेको हो ।  प्रतियोगिताको आईतवार चौथो तथा अन्तिमदिन भएको फाईनलमा निर्मल स्पोटिङ यूवाक्लव लेतेले सिक्ससोल्टिज यूवाक्लव घाँसालाई ३—२ को सेटमा हराउँदै पूरुषतर्फको भलिबल च्याम्पिय बनेको हो ।

त्यस्तै महिला भलिबलतर्फको अर्को फाईनलमा निर्मल स्पोटिङ यूवाक्लव लेतेनै मिलीजुली यूवाक्लव मार्फालाई ३—१ को सेटमा पाखा लगाउँदै च्याम्पियन भएको हो । यसअघि शनिवार भएको सेमीफाईनल खेलमा निर्मल स्पोटिङ यूवाक्लव लेतेले धौलागिरी यूवाक्लव कोवाङलाई ३—१ सेटमा हराउँदै फाईनल प्रबेश गरेको हो भने उपबिजेता सिक्ससोल्टिज यूवाक्लव घाँसाले अन्नपूर्ण यूवाक्लव ताक्लुङलाई ३—० सेटमा हराउँदै फाईनल यात्रा तय गरेको हो ।त्यस्तै महिला भलिबलको सेमीफाईनलमा निर्मल स्पोटिङ यूवाक्लव लेतेले ३—० को सोझो सेटमा सिक्ससोल्टिज यूवाक्लव घाँसालाई पाखा लगाउँदै फाईनल प्रबेश गरेको थियो ।

महिलातर्फकै अर्को सेमीफाईनलमा मिलीजुली यूवाक्लव मार्फाले ३—० को सोझो सेटमा निलगिरी यूवाक्लव टुकुचेलाई हराउँदै फाईनलमा प्रबेश गरेको थियो ।प्रतियोगिताको पूरुष भलिबलतर्फ च्याम्पियन बनेका निर्मल स्पोटिङ यूवाक्लव लेतेले नगद ४० हजार सहित र रनिङशिल्ड ,मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपबिजेतामा चित्त बुझाएको सिक्ससोल्टिज यूवाक्लव घाँसाले दोश्रो हुँदै २५ हजार सहित शिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। महिला भलिबलतर्फ च्याम्पियन बनेको निर्मल स्पोटिङ यूवाक्लव लेतेले नगद २५ हजार सहित रनिङ शिल्ड मेडल र प्रमाणपत्र पाएका छन् । त्यस्तै उपबिजेता मिलीजुली यूवाक्लव मार्फाले नगद १५ हजार सहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरे ।महिला र पूरुष दुबै भलिबल बिधाका बिजेता र उपबिजेता टिमलाई सासद महेन्द्र शेरचन र थाकखेलकुद तथा सास्कृतिक बिकास संघका अध्यक्ष चन्द्रमोहन गौचनले नगद,रनिङ शिल्ड ,प्रमाणपत्र र ट्रफी हस्तान्तर गरेका थिए ।

यसवर्षको सर्वोउत्कृष्ठ पूरुष भलिबल खेलाडी धौलागिरी यूवाक्लवका सुजन पून र सर्वोउत्कृष्ठ महिला भलिबल खेलाडी निलगिरी यूवाक्लव टुकुचेकी रेश्मिना तमू घोषित भईन् ।उनीहरुलाई सासद महेन्द्र शेरचनले नगद १५ सय सहित प्रमाणपत्र र ट्रफी हस्तान्तरण गरका थिए । थाकभलिबल प्रतियोगिता अन्तर्गत भएको परम्परागत तारा खेलतर्फ निर्मल स्पोटिङ यूवाक्लव लेते पहिलो र मिलिजुली यूवाक्वल दोश्रो भए ।तारातर्फ सर्वोउत्कृष्ठ वर्ष खेलाडी जनकल्याण यूवाक्लव स्याङका सकबहादुर थकाली बने ।त्यस्तै यसवर्षकी मिस मुस्ताङ निर्मल स्पोटिङ यूवाक्लव लेतेकी संञ्चिता सिंजाली घोषित भईन ।उनलाई थाकखेलकुद बिकास संघले नगद १५ हजार सहित ट्रफी र प्रमाणपत्र प्रदान ग¥यो ।प्रथम रनरअफ धौलागिरी यूवाक्लवकी निकिता तुलाचन र सेकेन्ड रनरअफ मिलिजुली यूवाक्वल मार्फाकी ईन्दिरा पून बनीन्। त्यस्तै प्रतियोगिताको उत्कृष्ठ मार्चपासतर्फ निलगिरी यूवाक्लव,उत्कृष्ठ पोशाकतर्फ अन्नपूर्ण यूवाक्लव ताक्लुङ र उत्कृष्ठ अनुशासनतर्फ मिलिजुली यूवाक्लव मार्फा भए ।

त्यस्तै शुक्रवार र शनिवार भएको सास्कृतिक कार्यक्रम अन्तर्गत भएको अन्य बिधातर्फ ,उत्कृष्ठ गायनतर्फ जनहित यूवाक्लव जोमसोमका शिशिर थकाली प्रथम भए ।त्यस्तै उत्कृष्ठ थकाली गीततर्फ रचनाकार धौलागिरी यूवाक्लवका जयन्द्र थकाली,उत्कृष्ठ पुरुषनृत्यतर्फ जनहित यूवाक्लवका प्रदिप मगर र उत्कृष्ठ महिला नृत्यतर्फ सिक्ससोल्टिजकी निशा पून भईन् । कार्यक्रमका प्रमूख अतिथि सासद महेन्द्र शेरचनले मुस्ताङको भूगोलमा यतिठूलो प्रतियोगिता संञ्चालन हुँनु गौरव भएको उल्लेख गरे ।उनले खेलकुद र संस्कृति नेपालीको पहिचान र गरिमा भएको बताउँदै यसलाई संस्कृतिको रुपमा बिकास गर्नुपर्ने बताए ।‘खेलमा जीत हार दुबै हुन्छ,यसमा सबैले जीत्ने र हार्ने हुँदैन ’शेरचनले भने‘अनुशासित खेलले नै आत्मिय संम्वन्धलाई मजबुत पार्ने गर्छ ।

’सोही अवसरमा थाकखेलकुद तथा संस्कृति बिकास संघका अध्यक्ष चन्द्रमोहन गौचनले पूराना शिल्डहरुलाई थाकखेलकुद कक्षमा ईतिहाँसको रुपमा सजाईने खुलाए ।उनले सबै यूवाक्लवले अनुशासन र धैर्यता प्रर्दशन गरेका कारण ४७औ थाकखेलकुद प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको बताए ।कार्यक्रममा घरपझोङ गाउँपालिका अध्यक्ष आशबहादुर थकाली,नेरास मुस्ताङका सभापति चन्द्रबहादुर थकाली,पूर्व सभासद चन्द्रबहादुर थकाली,पूर्व जिविस सभापति भक्ति हिराचन लगायतले थाकखेलकुदबारे बोलेका थिए ।

सुन्दर कुमार थकाली