एक्यापको सार्वजनीक जग्गामा सामुदायीक होटल सञ्चालन गर्ने कानुनी बाटो खुल्यो

  • ३० भाद्र २०७४, शुक्रबार
  • सन्तोष गौतम
  • 5302 पटक पढिएको

 

(पोखरेबगर) म्याग्दी ३० भदौ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) क्षेत्रमा पर्ने सार्वजनीक जग्गामा सामुदायीक होटल सञ्चालन गर्ने कानुनी बाटो खुलेको छ । वन मन्त्रालय, राष्ट्रिय प्रकृती संरक्षण कोष र एक्यापले आयोजना क्षेत्रमा पर्ने सार्वजनिक जग्गामा सामुदायीक होटल तथा लज सञ्चालन गर्ने दिग्दर्शन तयार पारेको हो ।

गत असारमा दिग्दर्शन पारीत भएपछि एक्याप क्षेत्रमा सामुदायीक होटल सञ्चालनका लागि अनुमती दिन सकिने आयोजनाका घान्द्रुक स्थित ईलाका संरक्षण कार्यालयले शुक्रबार अन्नपूर्ण गाउँपालीकाको केन्द्र पोखरेबगरमा आयोजना गरेको कार्यक्रममा जानकारी गराइएको हो ।ईलाका संरक्षण कार्यालयका प्रमुख बिदुरबिक्रम कुईकेलले अन्नपूर्ण संरक्षण क्षेत्रका लागि मात्र लागु हुने गरि यस्तो दिग्दर्शन तयार भएको जानकारी दिनुभयो । उहाँका अनुसार व्यक्तिगत होटल तथा लज सञ्चालनका लागि भने निधेष गरिएको छ । विद्यालय, गाउँ संरक्षण व्यवस्थापन समिति लगायतले सामुदायीक होटल तथा लज सञ्चालन गर्ने प्रयोजनका लागि मात्र दिग्दर्शन तयार भएको कुईकेलले बताउनुभयो ।

यस्तो नितीगत व्यवस्था भएपछि म्याग्दीको अन्नपूर्ण गाउँपालीको खोप्रा, ढाँडखर्क, बलली लगायतका स्थानमा सामुदायीक विद्यालयको आयस्रोतका लागि सञ्चालित सामुदायीक लजले कानुनी बैधानीकता पाएका छन् । अन्य नयाँ पर्यटकीय स्थलहरुमा पनि होटल तथा लजको सुबिधा हुने भएको छ ।पुरानो पदमार्ग सडकका कारण विस्थापित भई पर्यटकले नयाँ गन्तब्य खोजेको अवस्थामा बस्ती देखि टाढा रहेका पर्यटकीय स्थलहरुमा होटल तथा लज नहुँदा समस्या भएको थियो । दिग्दर्शन आएपछि खोप्रा लगायतका नयाँ पर्यटकीय गन्तब्य स्थलको विकासका साथै त्यहाँ जाने पर्यटकहरुलाई सुबिधा पुग्ने शिख संरक्षण व्यवस्थापन समितिका सदस्य भिम तिलीजाले बताउनुभयो ।

 

अन्नपूर्ण गाउँपालीकाका साथै एक्याप अन्तरगत पर्ने म्याग्दीको शिख, घार र नारच्याङका जनप्रतिनिधि, संरक्षण व्यवस्थापन समितिका पदाधीकारी र कर्मचारीहरु सहभागी कार्यक्रममा सार्वजनीक जग्गा अतिक्रमण गरेर बनाइएको निजी होटल तथा लजलाई भने नियमन गर्नुपर्ने बताएका थिए । कार्यक्रममा अन्नपूर्ण गाउँपालीकाका अध्यक्ष डमबहादुर पुन र कार्यकारी अधिकृत अच्युत दाहालले पर्यटन प्रर्वद्धन, जैविक बिबिधता र वातावरण संरक्षणका लागि स्थानीय तहसंग सहकार्य गर्न एक्यापलाई आग्रह गर्नुभएको थियो ।

गाउँ कार्यपालीका सदस्य आत्मा तुलाचन, नारच्याङका वडा अध्यक्ष चन्द्रप्रसाद फगामी, शिखका दिनेशकुमार पुन र घारका कृष्णप्रसाद बरुवालले गाउँ संरक्षण व्यवस्थापन समितिले संकलन गर्ने कर गाउँपालीकाको मातहत ल्याउन आवश्यक रहेको बताउनुभयो । गाउँ संरक्षण व्यवस्थापन समिति शिखका बेगप्रसाद पुन, घारका गोकुल बरुवाल र नारच्याङका ओमप्रकाश फगामीले स्थानीय तह र समिति सहकार्य गरेर अघि बढ्नुपर्ने बताउनुभयो ।
एक्यापका प्रशासन सहायक आनन्द सुवेदीले सञ्चालन र रेञ्जर पवन यादवले स्वागत गर्नुभएको कार्यक्रममा संरक्षण अधिकृत कुईकेलले एक्यापको गतिबिधिको बारेमा जानकारी गराउनुभएको थियो ।

 

सन्तोष गौतम