नमूना बिश्वकर्मा समाज नेपाल-कुवेतबाट मृगाैला पीडितलाई आर्थिक सहयोग

  • २० भाद्र २०७४, मंगलवार
  • चन्द्र बिस्वकर्मा
  • 2237 पटक पढिएको

 कुवेत । नमूना बिश्वकर्मा समाज नेपाल-कुवेतले नेपालकी मृगाैला पीडितलार्इ नेपाली रूपैया ३४ हजार भन्दा बढिको अार्थिक सहयोग गरेको छ । भक्तपुर स्थित मानव अंग प्रत्यारोपण केन्द्रमा उपचार गरार्इ रहेकी दुबै मृगाैला फेल भएकी दमक – १ झापा निवासी ३५ वर्षीया तारा देबी बिश्वकर्मालार्इ समाजले सो अार्थिक सहयोग गरेको हो । दुवै मृगाैला पीडित बि. क. को लामो समयदेखि भक्तपुरको मानव अङ्ग प्रत्यारोपण केन्द्रमा उपचार भइरहेको छ ।

पीडित तारा देवी लाई उपचारका लागि नमुना बिस्वकर्मा समाज नेपाल – कुवेतले ६५ कुवेती दिनार र नमुना बिस्वकर्मा समाज नेपाल – कुवेतकी उपाध्यक्ष विस्नु माया बिस्वकर्माको विशेष पहलमा संकलित रकम ३६.५०० कुवेती दिनार गरि जम्मा १०१.५० कुवेती दिनार , नेपाली रु ३४ हजार ३४२ आर्थिक सहयोग गरेको नमुना बिस्वकर्मा समाज नेपाल – कुवेतकी उपाध्यक्ष विष्णु माया बिस्वकर्माले जानकारी गराएकी छिन ।

लामो समय देखि उपचाररत तारा देवी को घरको आर्थिक अवस्था कमजोर भएको ले उपचार गराउन कठिन भएको छ ।

मिर्गौला प्रत्यारोपण गर्न आर्थिक अभाव भएकोले सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु लाई सक्दो सहयोग गरि उनको जीवन रक्षा गरिदिनु हुन उपाध्यक्ष विष्णु माया बिस्वकर्माले अनुरोध गरेकि छिन ।

चन्द्र बिस्वकर्मा