जब मन्त्री बस्नेत अब्यवस्थित तार काट्न आफै विजुलीको पोल चढे

  • १८ भाद्र २०७४, आईतवार
  • 1693 पटक पढिएको

तत्कालिन मन्त्री गोकर्ण विष्टले विजुलीको पैसा नतिर्ने संस्थाको विद्युत काट्न आफ्नै पोल चढेर चर्चा बटुलेका थिए । विष्टको त्यो कदमको सबैतिर चर्चा मात्रै भएन, राजनीतिमा अहिले पनि जस लिइरहेका छन् ।

सरकारी संस्थालाई पैसा नतिर्ने, कर छली गर्नेदेखि धेरै क्षेत्र अहिले पनि ब्यवस्थित हुन सकिरहेको छैन । आइतबार मात्रै सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले राजधानीमा अब्यस्थित तरिकाले विजुलीका पोलमा टेलिफोन, केवलदेखि निजी प्रयोजनका तारहरु काट्न आफै विजुलीको पोलमा चढेका थिए ।

सञ्चारमन्त्री बस्नेतले आइतबार विजुली, टेलिफोन र केबलका तारहरूले शहर कुरूप देखिएको, असुरक्षा बढ्दै गएको र राजस्वसमेत हिनामिना भएको भन्दै माइतीघरस्थित खम्बामा टाँगिएका अव्यवस्थित तार काटेर सरकारी अभियानको थालनी गरेका छन् ।

रासस