धौलागिरिमा प्रतिनिधि सभामा ५,प्रदेशमा १० निर्वाचन क्षेत्र निर्धारण, कुन तह कुन क्षेत्रमा परे ? विवरण सहित

  • १५ भाद्र २०७४, बिहीबार
  • 6936 पटक पढिएको

म्याग्दी, १५ भदौ । निर्वाचन क्षेत्र निर्धारण आयोगले धौलागिरीमा प्रतिनिधि सभाको लागि ५ र प्रदेश सभामा १० निर्वाचन क्षेत्र निर्धारण गरेको छ । आयोगले प्रतिनिधि सभाको लागि म्याग्दी, पर्वत र मुस्ताङमा एक/ एक र बागलुङमा दुई निर्वाचन क्षेत्र निर्धारण गरेको हो । प्रतिनिधि सभामा एक निर्वाचन क्षेत्र बराबर प्रदेशमा दुई क्षेत्र निर्धारण गरे बमोजिम प्रदेश सभाको लागि म्याग्दी, पर्वत र मुस्ताङमा दुई/ र बागलुङमा चार निर्वाचन क्षेत्र निर्धारण गरिएको छ ।


पदेश नम्बर ४ मा प्रतिनिधि सभाको लागि १८ र प्रदेश सभाको लागि ३६ निर्वाचन क्षेत्र कायम गरिएको छ । म्याग्दीमा प्रदेश सभाको लागि क्षेत्र नम्बर १ मा बेनी नगरपालिका, अन्नपुर्ण गाउँपालिका र रघुगंगा गाउँपालिकालाई समावेश गरिएको छ ।

त्यस्तै प्रदेशको दुई नम्बर निर्वाचन क्षेत्रको लागि मंगला गाउँपालिका, मालिका गाउँपालिका र धौलागिरी गाउँपालिकालाई समावेश गरिएको छ । प्रदेश सभामा म्याग्दीको क्षेत्र नम्बर १ भन्दा २ जनसंख्याको हिसाबले निकै थोरै भएको छ ।

प्रदेश सभाको निर्वाचन क्षेत्र निर्धारणमा बेनी नगरपालिकाको भुगोल विभाजन हुने अनुमान गरिएपनि आयोगले नगरपालिकालाई सिंगै रघुगंगा र अन्नपूर्ण गाउँपालिकासंग राखेर सिमाना निर्धारण गरेको हो ।

निर्वाचन क्षेत्र निर्धारण आयोगले प्रतिििनध सभाको लागि १६५ र प्रदेश सभाको लागि ३३० वटा प्रत्येक्ष निर्वाचन क्षेत्रको सिमा निर्धारण गरि सरकारलाई प्रतिबेदन बुझाएको छ ।