पर्यटन विकास नहुँदा म्याग्दीका सम्भावनायुक्त गन्तव्यहरु अझै ‘भर्जिन’

  • १२ भाद्र २०७४, सोमबार
  • कमल खत्री
  • 2145 पटक पढिएको

म्याग्दी, १२ साउन । पर्यटकीय जिल्ला म्याग्दीको पर्यटन विकास बारे सोमबार बेनीमा अन्र्तक्रिया गरिएको छ । नेपाल पर्यटन बोर्डका कार्यकारी अधिकृत दिपकराज जोशीको प्रमुख आतित्यथामा भएको छलफलको क्रममा जिल्लामा रहेका सम्भावनायुक्त पर्यटकीय क्षेत्रहरुमा पदमार्ग, होटल लगायतका पूर्वाधारहरुको विकास गर्दै प्रचार प्रसार आबश्यक रहेकोमा जोड दिईएको थियो । म्याग्दी उद्योग बाणिज्य संघले आयोजना गरेको कार्यक्रममा बोल्दै पर्यटन बोर्डका कार्यकारी अधिकृत जोशीले म्याग्दी पर्यटकीय दृष्टिकोणमा सम्भावनायुक्त जिल्ला भएकाले यस क्षेत्रमा पर्यटक भित्र्याउनका लागि पर्यटन क्षेत्रमा लगानी गर्नुपर्ने बताउनुभयो ।

उहाँले पर्यटकीय क्षेत्रहरुको प्रचार प्रसार संगै पदमार्ग, होटल लगायतका पूर्वाधारहरु निर्माण संगै पर्यटन संग सम्बन्धित क्षेत्रसंग सहकार्य भएमा मात्रै त्यस क्षेत्रको पर्यटन विकास हुने धारणा राख्नुभयो । उहाँले कुनै पनि ठाउँलाई पर्यटकीय क्षेत्र घोषणा गर्दैमा त्यो क्षेत्रमा पर्यटन विकास सम्भव नहुने भन्दै पर्यटन विकासको लागि पर्यटकीय क्षेत्रको लगानी भित्र्याउने बातावरण तयार गर्न आबश्यक रहेको बताउनुभयो । उहाँले बोर्डले नेपालका सम्भावनायुक्त क्षेत्रमा पर्यटन भित्र्याउनका लागि व्यवसायिहरुको क्षमता अभिबृद्धि र बजार प्रवद्र्धनको लागि आबश्यक सहयोग गर्दै आएको बताउँदै म्याग्दीको लागि पनि सो तहको सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा नेपाल उद्योग बाणिज्य संघका पूर्व उपाध्यक्ष समेत रहनुभएका संघका पूर्व अध्यक्ष प्रमोद श्रेष्ठले अन्नपूर्ण पदमार्ग र मुस्ताङको भम्रणका लागि पनि अहिले बर्षेनी हजाराँै पर्यटकहरु जिल्लामा आउने गरेपनि उनीहरुको भम्रण लम्बाउने र सदरमुकाम बेनी नजीक रहेका पर्यटकीय क्षेत्रहरुमा पर्यटक पुग्ने वातावरण सृजना गर्न योजनबद्ध तवरले अगाडी बढ्नुपर्ने धारणा राख्नुभयो । कार्यक्रममा संघका पूर्व अध्यक्ष कुविर कुमार श्रेष्ठ, पत्रकार अमृत भादगाउँले लगायत सहभागिहरुले म्याग्दी पर्यटनमा सम्भावनायुक्त भएपनि त्यसको प्रवद्र्धन हुन नसकेकोमा जोड दिएका थिए ।

सहभागीहरुले जिल्लामा अनकौँ पर्यटकीय सम्भावनायुक्त क्षेत्र भएपनि ति क्षेत्रहरुमा पर्यटक भित्र्याउन नसकिएको भन्दै जिल्ला स्थित सरोकारवालाहरुले बिशेष ध्यान दिनुपर्नेमा जोड दिएका थिए । संघका अध्यक्ष जिवनबहादुर विश्वकर्माले म्याग्दीलाई प्रचार प्रसारको लागि विभिन्न महोत्सवहरुको आयोजना गर्दै आईएको र वि.स.२०७५ साललाई बेनी÷ म्याग्दी भम्रण बर्षको रुपमा मनाउनेबारे समेत आबश्यक छलफल अगाडी बढाएको जानकारी गराउनुभएको थियो । सो अबसरमा पर्यटन बोर्डका कार्यकारी अधिकृत जोशी सहितको टोलिलाई संघले स्वागत गरेको थियो । संघका अध्यक्ष विश्वकर्माको अध्यक्षता, महासचिब राजेश शाक्यको सञ्चालन र बरिष्ट उपाध्यक्ष उत्तम कर्माचार्यको समापन मन्तव्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l