दलितीकरणलाई संरक्षण होइन परिवर्तनको आवश्यकता छ

  • ८ भाद्र २०७४, बिहीबार
  • पूर्ण बहादुर वि.क (पहाडी)
  • 5004 पटक पढिएको

नेपालमा मुलुकी ऐनले २०२० सालमा नै छुवाछुत अन्त्य भएको घोषणा गरेको थियोे । लोकतन्त्र स्थापनापछि २०६८ सालमा फेरि छुवाछुत मुक्त घोषणा भएको थियो । अहिले ‘जातीय भेदभाव तथा छुवाछुत कसुर र सजाय ऐन २०६८’ पछि २०७३ जारी पनि भयो,कानुन बनाउने सरकारले नै कानुनको कार्यान्वयनका लागि प्रयास नगर्दा समस्या जस्ताको त्यस्तै रहेको छ । जातीयताको आधारमा हुने विभेद अहिले पनि कायम नै छ । बेला बेलामा दलित समुदायको बिच पनि फाटो ल्याउने काम भएको देखिन्छन् । २१ औं शताब्दीमा पनि दलितहरु वीचमै आपसी अन्तरसंघर्षहरु, छुवाछुत र आपसमै ठुलो सानो जातको नाममा अन्तरविभेद विद्यमान छ नै उदाहरणको रुपमा गन्धर्वले छोएको पानी, खानेकुरा सार्की, कामी, दमाई जातीले नखाने र पहाडतिर दमाई, कामी, सार्कीहरु वीचमै अन्तरजातिय विवाह समेत गर्न अझैसम्म पनि जातीय र समाज नै बाधक छ ।

आपसमै कुन जाती ठुलो र सानो भनेर प्रतिस्पर्धा गरेको पनि देखिन्छ । अझै भन्नुपर्दा आपसमै एउटा दलित समुदायले अर्को समुदायलाई दमन गरेको छ भन्दा फरक नपर्ला समाजमा अझै फलानो जात भनेर दलित समुदायको जातको नामले पुकार्दा( बोलाईदा) समेत विभेद गरेको सम्झिन्छ हाम्रो सोचाइ छ । सकभर जात छिपाउने गरि उपल्लो जात भनिनेहरुको थर समेत प्रयोगमा ल्याईन्छ । जात समेत कतिपय ठाउँमा ढाटिन्छ वा भन्न हिच्किचाईन्छ जसले गर्दा स्वाभावैले पीडितहरुले आफ्नो जात र थर प्रतिनै गौरभ गर्न नसकिरहेको हो भन्ने स्पष्ट छ । बाहुनले म बाहुन हु भन्छ,क्षेत्रीले म क्षेत्री हु भन्छ, मगरले मगर हु भन्छ,तर कामी,सार्की,दमाईले जात लुकाउनु किन र्पयो ।

कामिले म कामी हु भन्न सक्नु पर्छ, सार्कीले म सार्की हु भन्नू सक्नुपर्छ, दमाईले म दमाई हु भन्न सक्नुपर्छ, तर जातीयताको आधारमा विभेद हुन्छ भने, त्यो सरासर गलत हो,त्यसको लागि सयुक्त संघर्ष गर्नु पर्छ । त्यो जुनसुकै जातीको मान्छे होस् । फेरि पनि समाजको ठेक्का लिएका जाति बादका महासहिले यो कुरा बुझ्न् जरुरी छ कि जातीयको आधारमा कुनै पनि मानवलाई विभेद गर्नु हुदैन भनेर, खाली विभेदको मात्रै होइन कुरा यहाँ जातीयताको आधार हुने विभिन्न न्याय समेत विभेद हुने गरेको छ । यसले सामाजिक संमिश्रणमा चुनौती दिदै आएको छ ।

अत्याचारको सिमा अति भयो भने बिद्रोह निम्त्याउँछ, बिद्रोहले कसैलाई पनि भलो गर्दैन,हामीलाई दस वर्षको जनयुद्धले एउटा शिक्षा दिएको जगजाहेर नै छ । मगर, राई, गुरुङ, तामाङ,चौधरी जाति भित्र हिजोको दिनमा विभेद भए पनि अहिले बिस्तारै सम्मान भएको देखिन्छ,अहिले चेलिबेटी ल्या दिया सम्म चलेको छ । तर त्यहीँ समुदायमा बस्ने अर्का थरी समुदायलाई अझै पनि विभेदको सामना गर्नु पर्ने बाध्यता छ । दलित दमित, सोशित ,पिडित,मानविय हक अधिकार सेवा सुविधाहरुमा तल पारिएको तथा बन्चित गराई सामाजिक, धार्मिक, सांस्कृतिक, जातिय, सांस्कृतरुपमा समेत विभेद गरिएको समुह,जात, वर्ग,समुदायहरु दलित हुन भने यो समस्या हिजो बाहुन वाद बाट क्षेत्री, मगर, राई, गुरुङ, तामाङ,चौधरी जाति पनि दमित सोशित ,पिडित,मानविय हक अधिकार सेवा सुविधाहरुमा तल पारिएको तथा बन्चित गराई सामाजिक, धार्मिक, सांस्कृतिक, जातिय, सांस्कृतरुपमा समेत विभेद गरिएको जाती हुन ।

आज त्यही विभेदमा परेका जाती सम्मान भएका छन तर दलित शब्द बाट सम्बोधन गरिएको जाति अहिले पनि विभेद किन ? प्रश्न यहाँनेर छ । अहिलेको समाजमा कुनै जात र थरले त्यसलाई उचोनिचो भनेर हेरिने हैनकी उसको क्षमता, दक्षता, लगनशिलताले उसलाई महान बनाउने हो भन्ने कुरा सबैले बुझ्नु पर्छ । जाती एउटा पहिचान हो जस्तै बाहुन,क्षेत्री, मगर, राई, गुरुङ, तामाङ, चौधरी, कामि, सार्की, दमाई यी सबै जाती हुन । पीडितलाई दलित भनेर सम्बोधन र ब्यवहार गर्ने हो भने अहिले पनि समाजमा बाहुन,क्षेत्री, मगर, राई, गुरुङ, तामाङ, चौधरी, यी सबै जातिका मान्छे सबै अधिकार सम्पन्न साली पनि छैनन्, त्यस जाति भित्र पनि पीडित छन, पीडित जति सबैलाई दलित भनेर सम्बोधन किन नगर्ने । आखिर जातीयमा फरक के छ, पीडित र अधिकार नपाएको कुरा गर्ने हो भने । यदि शब्दको आधारमा जातीय कुरा गर्ने हो भने क, बाट जुन जातिको नाम आउछ त्यहीँ जाती ठूलो भन्न पनि सकिन्छ नि !

परापुर्व कालमा हिन्दुधर्मको नाममा गलत किसिमले गरेको जातजाती र थरकै आधारमा ठुलो(सानो, पानी चल्ने(नचल्ने भनेर वर्ग विभाजन हुन गएको हो । त्यसैको आधारमा त्यतिवेलाका शासकहरुले मनोगत चाहना र आफ्नो मुठ्ठीमा दवाएर राखिराख्न र निरंकुश शासन चलाउन समेत यसकिसिमको प्रथाले शुरुआत गरेको पाइन्छ । अहिले पनि त्यहि समाजमा विभेदमा परेको समुदायलाई सम्मानित जनजाति भन्ने शब्दले पहिचान गराइन्छ । उनिहरुले जनजाति शब्दमा गर्व गर्नु स्वभाविक हो तर त्यहीँ विभेदमा परेका अर्को समुदायलाई दलित शब्दले सम्बोधन गरिन्छ, सम्बोधनमा पनि विभेद छ ।

समाज विकासको चरण हेर्ने हो भने मानव र उसको पहिचान परिवर्तन हुँदै आएको छ। पहिचान सधैँ एकनास रहन सक्दैन। यसलाई विभिन्न पक्षले परिवर्तन गरिरहेको हुन्छ। समाजशास्त्रीका अनुसार, समाज पनि प्राणी शास्त्रीय उद्विकास जसरी नै सरलताबाट जटिलतातिर जान्छ। यसो भन्नुको मतलव उत्पत्तिकालका सरल र एक कोषीय जीव आज बहुकोषीय र जटिल प्राणीमा रूपान्तरण भएका छन्। समाजमा पनि सानो र ग्रामीण समाजमा मानिस वा उसको समूहका जेजस्ता पहिचान थिए शहरीकरणले त्यसमा भिन्नता ल्याएको हुन्छ। शहरी समाजमा हुने विभिन्न प्रकारका सामाजिक–सांस्कृतिक मिसावटले मानिसले नयाँ पहिचान प्राप्त गर्छ। अर्थात् पुराना पहिचान, मूल्य, मान्यतामा परिवर्तन आउनेछन्।

दलित शब्दलाई जात वा समुदायका रूपमा लिइएको छ भने त्यो धेरै ठूलो गल्ती हुनेछ। आन्दोलन विकासको एउटा चरणमा सम्बोधन गरिएको शब्द हो । निश्चित समुदायमाथि लादिएको दलितीकरण पनि विभेदको परिणाम हो । त्यसैले दलितीकरणलाई संरक्षण होइन परिवर्तनको आवश्यकता छ । देलान र खाउलाको प्रबृत्तिमा होइन, हामी पनि अरु सम्मान हो भन्ने बुझ्न जरुरी छ । पीडित भएर राज्यका सुविधा पाउन वा लिन कसैले दलित भएको प्रमाणपत्र झुण्ड्याउनै पर्छ भने पीडित जति सबै जातिलाई त्यो प्रमाणपत्र किन नदिने । होइन भने २१ औं शताब्दीमा पनि परिवर्तन भएर सबै जातीलाई जातीयताको आधारमा भन्दा पनि मानवीय आधारमा सम्मान तरिकाले सम्बोधन हुनुपर्छ ।

हाम्रा समुदायको प्रतिनिधी पात्रहरु उच्च ओहोदामा पुगेपछि आफैले दलित समुदायलाई नै उपेक्षाको हिसावले हेर्ने र उनीहरुको विभेदका कुराहरु सशक्तरुपमा सम्वन्धीत निकायमा राख्न नसक्ने, पानी माथीको ओभानो बन्न खोज्ने, आफ्नो वास्तविक धरातललाई विर्सने, व्यक्तिगत लाभमा चुर्लम्म डुब्ने गरेको पनि गरेका छन । आफ्नो समुदायका समस्याहरु र कठिनाईहरु संगठित र एकिकृतरुपमा साझा आवाजको रुपमा सम्बन्धित निकायमा पुर्याउन, अन्य जातजातीहरुमा समेत आफ्नो प्रभाव सकारात्मक ढंगबाट पारेर व्यवहारमा परिवर्तन गर्न नसकेको सत्य हो । आफुहरु सधै हेपिएको, दविएको महसुस गर्ने तर आफ्ना समुदायको व्यक्तीहरुलाई शिक्षित बनाउन, आर्थिक रुपमा सबल बनाउन, राजनितिक रुपमा जिम्मेवार बनाउन भने दलित नेतृत्व चुकेका छन । यो अवस्थामा अझै दलितीकरण होइन, समुदायलाई आर्थिक,शैक्षिक रुपमा बलियो बनाउने र दलितीकरण अन्य गर्नेमा ध्यान दिनु जरुरी छ ।

पूर्ण बहादुर वि.क (पहाडी)