म्याग्दीका साहित्यकारको मोति जयन्ती बालबालिकासँग मनाए

  • ५ भाद्र २०७४, सोमबार
  • सन्दिप खत्री
  • 2745 पटक पढिएको

म्याग्दी, ५ भदौ। म्याग्दीका साहित्यकारहरुले १५२ औं मोति जयन्ती बालगृहका बालकालिकासँग मनाएका छन् । नेपाली साहित्य क्षेत्रमा गजल विधाको सुरुवात गर्ने मोतिको सम्झना तथा हरितालिका तिजको अवसरमा म्याग्दी साहित्य सञ्चारले रचना बाचन, शैक्षिक सामाग्री हस्तान्तरण तथा दर खुवाउने कार्यक्रमको आयोजना गरेको थियो । सञ्चारले बालगृहमा रहेका बालबालिकाहरुलाई दर खुवाउने, शैक्षिक सामग्री हस्तान्तरण लगायतका कार्यक्रम गरी मोति जयन्ती मनाएको हो ।


साहित्य क्षेत्रको विकास सँगसँगै समाजसेवामा लागेको संस्थाले मोति जयन्ती तथा तिजको अवसर पारेर बालबालिकालाई दर खुवाएको हो । पछिल्लो समयमा तिज भड्किलो बन्दै गईरहेको अवस्थामा सञ्चारले अनाथ बालबालिकालाई दर खुवाएर तिजको मर्म व्यक्त गरेको छ । साथै सोही कार्यक्रमको अवसरमा बालगृमा रहेका बालबालिकालाई शैक्षिक सामग्री समेत हस्तान्तरण गरिएको थियो । कार्यक्रममा संस्थाका संरक्षक चन्द्रबहादुर लामिछानेले बालबालिका भविष्यका देश निर्माता भएकोले सही मार्ग निर्देशन हुनुपर्ने बताए । बालगृहमा रहेका बालबालिकाहरुलाई माया, ममता मात्रै नभएर अवसरको पनि सीर्जना गर्न सकेमा उनीहरुको भविष्य उज्ज्वल हुने बताए । नेपाल बाल संगठन म्याग्दीका सपभाति नेत्रबहादुर महत, म्याग्दी साहित्यिक समाजका अध्यक्ष धु्रवलाल शर्मा, म्याग्दी बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख रेखा कौशल रेग्मी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।


कार्यक्रममा हिरा शर्मा, डण्डपाणी सापकोटा, सन्दीप खत्री लगायतले रचना बाचन गरेका थिए । सञ्चारका अध्यक्ष घायलश्रीको अध्यक्षता, उपाध्यक्ष सन्दीप खत्रीको स्वागत तथा सचिव सुसन परियारको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

 

सन्दिप खत्री

म्याग्दी अनलाईन डट् कमका सह-सम्पादक हुन् l