म्याग्दी पोखरा चौतारीको तेस्रो साधारणसभा सम्पन्न, अध्यक्षमा प्रेमशंकर बरुवाल चयन

  • ३ भाद्र २०७४, शनिबार
  • 2809 पटक पढिएको

म्याग्दी, ३ भदौ । पोखरामा बसोबास गर्ने म्याग्देलिहरुको साझा संस्था म्याग्दी पोखरा चौतारीको तेस्रो साधारण सभा, अधिबेशन तथा तिजको दरखाने कार्यक्रम पोखरामा सम्पन्न भएको छ। महेश पराजुलिको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन गर्दै बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठले विविध कारण जिल्ला बाहिर रहेपनि जिल्लाको सामाजिक क्षेत्रमा म्याग्देलिहरुको एकता बलियो रहेको बताउनुभयो ।


कार्यक्रममा सचिब झलकनाथ शर्माले सचीवको प्रतिबेदन र कोषाध्यक्ष गोपाल घिमिरेले आर्थिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो। सो अबसरमा बेनी नगरपालिकाको मेयरमा बिजयी हुनुभएका प्रमुख अतिथि मेयर हरिकुमार श्रेष्ठलाई संस्थाले माला सहित सम्मान पत्रद्धारा सम्मान गरेको थियो ।

कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष थम प्रसाद शेरचन र ८० बर्षिय जेष्ठनागरिक भगवान राज राजभण्डारि लाई समेत सम्मान गरिएको थियो। कायक्रममा डाक्टर प्रेम पुन, थम प्रसाद शेरचन, अनिता गुरुङ, अम्बिका आचार्य ,दिपेन राइ लगायतले समेत मन्तव्य राख्नुभएको थियो भने समापन प्रेम शंकर बरुवालले गर्नुभएको त्यहाँबाट सुजन बरुवालले जानकारी दिनुभयो।

सो संस्थाको अधिबेशनबाट प्रेम शंकर बरुवालको अध्यक्षताम १९ सदस्यीय नयाँ कार्य समिति चयन गरिएको छ । उपाध्यक्षमा गोपाल घिमिरे,सचिब किरण सापकोटा,सह सचिब इन्जिनियर रुजेन्द्र तुलाचन, कोषाध्यक्षमा गोकर्ण बरुवाल,सह कोषाध्यक्षमा माया देबि केसी लगायत रहनुभएको छ ।