पवित्र आमा समुहको हरितालिका तिज बिशेष कार्यक्रम सम्पन्न

  • ३ भाद्र २०७४, शनिबार
  • 2970 पटक पढिएको

म्याग्दी, ३ भदौ । रघुगंगा गाउँपालिका– ३ मौवाफाँटमा रहेको पवित्र आमा समुहको आयोजनमा हरितालिका तिज बिशेष कार्यक्रम शनिवार सम्पन्न भएको छ । आमा समुहले तिजको अबसरमा तिज गित प्रतियोगिता सहित विविध साँगीतिक कार्यक्रम आयोजना गरेको हो । सो क्रममा गाउँमा रहेका विभिन्न ६ वटा समुहले तिज गित तथा नृत्य प्रस्तुत गरेका थिए ।

आमा समुहका अध्यक्ष कमला केसीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि वडा अध्यक्ष जिवन मल्लले पवित्र आमा समुहले सामाजिक क्षेत्रमा गरेका कार्यहरु रचनात्मक रहेको बताउँदै तिजको अबसरमा गित संगित मार्फत सबै दिदी बहिनिहरु एकैठाउँमा भेला भएर पर्व बनाउने कार्य गर्नु रचनात्मक रहेको बताउनुभयो । कार्यक्रममा ज्ञानोदय माविका विद्यालय व्यवस्थापन समितिका कार्यबहाक अध्यक्षक गोविन्द रिजाल,  अभिभावक संघका अध्यक्ष गोपाल सुवेदी, आमा समुहका सहसचिब कमला शर्मा, रुपा किसान लगायतले मन्तव्य राख्नुभएको थियो भने सचिब यामुकमारी गर्वुजाले सञ्चालन गर्नुभएको थियो ।