जोत्रेपिपल युवा क्लबको हरेलो मेला सम्पन्न

  • २ भाद्र २०७४, शुक्रबार
  • 5048 पटक पढिएको

म्याग्दी, २ भदौ । रघुगंगा गाउँपालिका–३ दुलेपानीमा रहेको जोत्रे पिपल युवा क्बलद्धारा आयोजित हरेलो भेला सम्पन्न भएको छ । साउन ३० गतेदेखि सुरु भएको मेलाको अबसरमा आयोजित वडा स्तरिय पुरुष भलिबल प्रतियोगितामा केवाईसी घतान बिजयी भएको छ । विभिन्न १७ मिमको सहभागिता रहेको प्रतियोगितामा भगवती युवा क्लबलाई फाईनलमा पराजीत गर्दै केवाईसी बिजयी भएको हो ।


प्रतियोगितामा बिजयी केवाईसीलाई नगद रु ३५ हजार सहित मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिएको छ भने उपबिजेता भगवती युवा क्लबलाई नगद रु २० हजार, मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिएको मेला आयोजक समितिका सदस्य अमृत रत्नले जानकारी दिनुभयो । प्रतियोगिताम उत्कृष्ट खेलाडीको रुपमा भगवती युवा क्लबका रविन परियार पुरस्कृत भएका छन् । कार्यक्रममा बिजयी र उपबिजेता बनेका खेलाडीहरुलाई मेला आयोजक समितिका अध्यक्ष हर्कबहादुर सेवा लगायतले पुरस्कार प्रदान गर्नुभएको थियो । मेलाको अबसरमा विविध साँस्कृतिक कार्यक्रम समेत सम्पन्न गरिएको क्लबले जनाएको छ ।