अनेरास्ववियु म्याग्दीद्धारा बाढी पिडितलाई रु १ लाख ४१ हजार बढी सहयोग

  • १ भाद्र २०७४, बिहीबार
  • 3861 पटक पढिएको

म्याग्दी, १ भदौ । हालैको अबिरल बर्षाको कारण तराईका जिल्लाहरुमा आएको बाढीबाट पिडित भएकाहरुलाई अनेरास्ववियु म्याग्दीले झण्डै साढे १ लाख रुपैयाँ राहत संकलन गरेको छ । एमाले निकट विद्यार्थि संगठन अनेरास्ववियु म्याग्दीले तीन दिन सम्म बेनी बजार क्षेत्रमा संकलन गरेको रु १ लाख ४१ हजार १११ राहत सहयोग बाढी पिडितको सहयोगार्थ अनेरास्ववियूको केन्द्रिय कमिटीमा पठाईएको जिल्ला अध्यक्ष सुवास विश्वकर्माले बताउनुभयो ।


उहाँले अनेरास्ववियु म्याग्दीको राहत संकलन अभियानमा मंगला शिक्षा क्याम्पस बावियाचौरमा रहेको स्ववियूले समेत त्यहाँ संकलन गरेको रु २० हजार १२५ सहयोग प्रदान गरेको बताउनुभयो । अन्य रकम तीन दिनसम्म बेनी बजार क्षेत्रमा राहत संकलन अभियान मार्फत जुटेको हो । अनेरास्ववियु केन्द्रिय कमिटी मार्फत म्याग्दीमा संकलन भएको सो राहत सिराहका बाढी पिडितहरुलाई प्रदान गरिने जिल्ला अध्यक्ष विश्वकर्माले जानकारी दिनुभयो ।


सो राहत रकम नेपाल क्रेडित एण्ड कमर्स बैक लि. मार्फत अनेरास्ववियु केन्द्रिय कार्यलयको खातामा जम्मान गरिएकको अनेरास्ववियूका जिल्ला सचिब तथा म्याग्दी क्याम्पसकी स्ववियू सभापती सावित्री केसीले बताउनुभयो । ‘‘ तराईमा ठुलो विपत्ति आईपरेको छ, यस्तो समयमा हामी हात बाँधेर बस्न सकेनौँ, उनीहरुको लागि के कति सहयोग गर्न सक्छौँ भनेर अभियान चलाएका थियौँ, र सो अभियानबाट उठको रकम पिडितहरुको लागि पठाएका छौँ, सहयोग गर्ने सबैपति हामी आभारी छाँै,’’–केसीले भन्नुभयो ।