तराईका बाढी पिडितलाई अष्ट्रेलियामा रहेका विद्यार्थीद्धारा राहत सहयोग

  • १ भाद्र २०७४, बिहीबार
  • 3425 पटक पढिएको

म्याग्दी, १ भदौ । अबिरल बर्षाको कारण तराईमा भएकोे डुबानबाट पिडित भएकाहरुलाई अष्टे«लिमा रहेका विद्यार्थीहरुले राहत संकलन गरि पठाएका छन् । अभियानको क्रममा भर्खरै मात्रै अष्टेलियामा पुगेका विद्यार्थीहरुले समेत उत्साह जनक रुपमा सहयोग गरेकोे अभियानका सदस्य साजन परियारले जानकारी दिनुभयो ।हरेक व्यक्तिबाट कम्तीमा एक घण्टा बराबरको पारिश्रमीक बाढी पिडितको लागि सहयोग गर्ने गरि अभियान चलाईएको थियो ।

सो अभियाबाट संकलन भएको रु ८४ हजजार ५६० सहयोग रकम अनेरास्ववियूका केन्द्रिय सदस्य प्रकाश पौडेल मार्फत पिडितलाई आबश्यक सामाग्री खरिद गरि वितरण गरिने भएको छ । सो सहयोग रकमबाट बाढीबाट धेरै प्रभावित भएको सर्लाही जिल्लाको मङ्गला गाउँपालिका–५ का ७० घरपरिवार हरेकलाई रु १२ सय बराबरको खाद्यान्न वितरण गरिने भएको हो ।तत्कालै राहत पुगोस भनेर भर्खरै मात्रै अष्टे«लियामा आएका विद्यार्थीहरुको पहलमा सो राहत जुटाईएको बताईएको छ ।

‘‘हामीले बाढी पिडितलाई राहत पुगोस भनेर सानो प्रयास मात्रै गरेका हौँ, हाम्रो प्रयासले करिब ७० घरपरिवारलाई तत्कालको लागि खानेकुराको अभाब टार्नेछ, अभियानमा सहयोग गर्ने सबै सहयोगदाताहरुप्रति हामी आभारी छौँ,’’– अभियानकी सदस्य सविना केसीले भन्नुभयो ।

अबिरल बर्षाको कारण तराईका जिल्लाहरु डुबानमा पर्दा पिडित भएकाहरुको राहत र उद्धारको लागि म्याग्दीका विद्यार्थी नेताहरुको टोलि समेत सर्लाहीमा पुगेका छन् । अनेरास्ववियूका केन्द्रिय सदस्य समेत रहेका प्रकाश पौडेलको नेतृत्वमा बिजय घर्ति मगर, सुजन हमाल र बिशाल कार्की लगायतको टोलि सर्लाहीको गाउँ मलङगा नगरपालिका ५ घोडदौली पुगेर डुवानमा परेका स्थानीयलाई उद्धारमा खटिएका हुन् ।
अष्टे«लियाबाट सहयोग गर्नेहरुको नामावली