सर्लाहीमा पुगेका म्याग्देली युवाको बयानः बाढीसंगै भोक र सोकमा डुबेको छ तराई

  • १ भाद्र २०७४, बिहीबार
  • 3495 पटक पढिएको

म्याग्दी, १ भदौ । अबिरल बर्षाको कारण तराईका जिल्लाहरु डुबानमा पर्दा पिडित भएकाहरुको राहत र उद्धारको लागि म्याग्दीका विद्यार्थी नेताहरुको टोलि समेत सर्लाहीमा पुगेका छन् । अनेरास्ववियूका केन्द्रिय सदस्य समेत रहेका प्रकाश पौडेलको नेतृत्वमा बिजय घर्ति मगर, सुजन हमाल र बिशाल कार्की लगायतको टोलि सर्लाहीको गाउँ मलङगा नगरपालिका ५ घोडदौली पुगेर डुवानमा परेका स्थानीयलाई उद्धारमा खटिएका हुन् ।

बाढी पिडितलाई राहत लिएर त्यहाँ पुगेका उनीहरुले डुवानमा परेका स्थानीय तथा उनीहरुको सामानको उद्धारको कार्यमा समेत जुटेका छन् । त्यहाँको अबस्था शब्दमा बयान गर्ननै नसकिने रहेको अनेरास्ववियूका केन्द्रिय सदस्य प्रकाश पौडेलले बताए । दसगजाको सिमावर्ति क्षेत्रमा पुगेका उनीहरुले बस्ती बाढीको डुवानमा परेसंगै स्थानीयले ठुलो जनधन गुमाएकाले तराई बाढीसंगै भोक, शोक र रोगमा डुबेको उनले सुनाए ।

‘बाढी पिडितको उद्धार र राहतका लागि हामी तीन दिनदेखि यहाँ खटेका छाँै, यहाँको अबस्था निकै भयाबह छ, घरसबै डुबानमा छन्, घरभित्रका सामान सबै कुहुने अबस्थामा पुगका छन, तत्काल खानाको लागि उनीहरुलाई व्यवस्था गर्नुपर्ने देखिएको छ,,’’–उनले भने । पौडेलका अनुसार, विभिन्न क्षेत्रबाट राहत जुटाएर पिडितहरुलाई वितरण गर्ने तयारी समेत भएको छ ।