अमेरिकाको न्युर्योकमा आयोजित भलिबल प्रतियोतिामा पाखापानी बिजयी

  • ३२ श्रावण २०७४, बुधबार
  • 8223 पटक पढिएको

म्याग्दी, ३२ साउन । म्याग्दी समाज न्युरोर्कको नियमित कार्यक्रम अन्र्तगत आयोजित भलिब प्रतियोगितामा म्याग्दीको रघुगंगा गाउँपालिका–६ पाखापानीका खेलाडीहरु बिजयी भएका छन् । अमेरिकामा रहेका म्याग्देलिहरुबिच साविकको गाविस स्तरको टिमहरु बिच भएको प्रतियोगितामा पाखापानी प्रथम र दरबाङ द्धितिय भएका हुन् ।

विभिन्न ११ टिम सहभागि प्रतियोगितामा बिजयीलाई नेपाली नगद रु ७० हजार उपबिजेतालाई नगद रु ५० हजार पुरस्कार प्रदान गरिएको थियो । प्रतियोगितामा पाखापानीको टिममा सहभागि भएर खेलेका तोरिपानीका निदेश जिसीलाई उत्कृष्ठ खेलाडीको रुपमा नगद रु ५ हजार , र नवउदयमान खेलाडीको रुपम बिमका समिर पुनलाई नगद रु ५ हजारद्धारा सम्मान गरिएको थिया ।

बनभोजको अबसरमा आयोजित सो प्रतियोगिताको क्रममा मैत्रीपूर्ण महिला भलिबल सहित विविध साँस्कृतिक कार्यक्रम समेत सम्पन्न गरिएको थियो । सो क्रममा बिजेता खेलाडीहरुलाई म्याग्दी समाज न्यूर्योकका अध्यक्ष भुपेन्द्र शेरपुञ्जा लगायतले पुरस्कार प्रदान गर्नुभएको थियो ।

म्याग्दी समाज न्युर्योकले हरेक बर्ष यस्तो कार्यक्रम आयोजना गर्दै आएको छ । त्यस्तै अमेरिकामा बस्ने म्याग्देलि र नेपालीहरुको महत्वपूर्ण चार्डको रुपमा परिचित म्याग्दी समाज बाल्टिमोरले आयोजना गर्ने भव्य कार्यक्रमको समेत तयारी थालिएको छ । आगामी सेप्टेम्बर ४ तारिकको दिन आयोजना हुने सो कार्यक्रममा भलिबल, छेलो लगायतका विविध प्रतियोगितात्मक र मनोरञ्जनात्मक कार्यक्रम आयोजना हुँने गर्छ । सो कार्यक्रममा हरेक बर्षजसो ६ देखि ७ सय जना सम्मले सहभागिता जनाउने गरेका छन् ।