मोना युएईको पहिलो बैठक सम्पन्न

  • ३० श्रावण २०७४, सोमबार
  • धिरन खत्री
  • 2015 पटक पढिएको

म्याग्दी, ३० साउन । पहिलो साधारणसभाबाट मोना युएईमा निर्वाचित कार्यसमितिको पहिलो बैठक सम्पन्न भएको छ । म्याग्दी प्रबासी नेपाली संघ अन्तराष्ट्रिय कार्यसमिति युएईका नवनिर्बाचित अध्यक्ष प्रकाश कार्कीको अध्यक्षतामा पहिलो बैठक सम्पन्न भएको हो ।

मोना युएईको कार्यसमितिको बैठकले दुबैमा रहेका सबै नेपालीलाई संघमा आवद्ध गरि समस्या परेका म्याग्देलीलाई सहयोग गर्ने, विविध खेलकुद तथा सास्कृतिक कार्यक्रमलाई निरन्तरता दिने र सवल सक्षम मोना युएई बनाउन कार्यसमितिले प्रभावकारी भूमिका प्रस्तुत गर्नुपर्ने र म्याग्दीका पहिरो पिडितलाई राहत संकलन अभियान चलाउने निर्णय गरेको अध्यक्ष कार्कीले जानकारी दिए ।


कार्यसमितिको पुर्ण बैठकले साधारण सभाको आम्दानी खर्च तथा आगामी दिनमा कार्यसमितिले गर्ने योजनामा छलफल गरेको थियो । उक्त बैठकले आगामी दिनमा आयोजना गरिने कार्यक्रमलाई सफल बनाउन खेलकुद र सास्कृतिक समिति गठन गरेको छ । खेलकुदको संयोजकमा रुद्रबहादुर रोका सहितको ५ सदस्य चयन गरेका छ । त्यस्तै सास्कृतिक संयोजकमा सुवास राम्जाली सहित ५ सदस्य रहेको समिति चयन गरिएको महासचिव विक्रम अधिकारी जानकारी दिनुभएको थियो ।बैठकमा अधिवेशनमा भएको आम्दानी र खर्चको पनि सार्वजनिक गरिएको थियो ।

उक्त बैठकमा निर्वतमान अध्यक्ष तथा सल्लाकार प्रदिप सुवेदीले बिगतमा भएका सम्पुर्ण कमिकमजोरिलाई आत्मालोचना गर्दै नयाँ ढङबाट अगाडि बढन सल्लाह सुझाव दिनुभएको थियो । साथै सम्पुर्ण उपस्तिथित कार्यसमिति र उपस्तिथि म्याग्देली हरुले आ(आफ्नो प्रतिक्रिया दिदै आगामी दिनमा सफल र सक्षम तरिकाले मोना युएई लाई अगाडी बढाउने प्रतिबद्धता संगै पहिलो बैठक सम्पन्न भएको थियो ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l