दिवंगत कार्कीको परिवारलाई बेल्जियमबाट ५० हजार सहयोग

  • २५ श्रावण २०७४, बुधबार
  • 1476 पटक पढिएको

म्याग्दी, २५ साउन । रोजगारीको सिलशिलामा दक्षिण कोरियामै ज्यान गुमाएका रघुंगगा गाउँपालिका– २ राखु भगवतीका शिब कार्कीको परिवारलाई बेल्जियमबाट रु ५० हजार सहयोग जुटेको छ । गत महिना कोरियामा कार्कीको असामयिक निधन भएपछि उनको परिवारको सहयोग र सहानुभुतिको लागि बेल्जियमा रहेका राखुबासीले उक्त सहयोग गरेका हुन् ।

सो सहयोग समन्वयकर्ता एवम पूर्व गाउँप्रधानमन्च देवेन्द्रबहादुर मल्ल मार्फत दिवंगत कार्कीको परिवारलाई हस्तान्तरण गरिएको छ । समाजसेवी मल्लले वडा सदस्य रविन भण्डारीको रोहोबरमा दिवंगत कार्कीका बुबा शेरबहादुर कार्कीलाई सो सहयोग हस्तान्तरण गर्नुभएको थियो । कार्कीका घरपरिवारले सहयोगदाताहरुलाई धन्यबाद ज्ञापन गरेका छन् ।

यस अघि कार्कीको परिवारलाई जापानमा रहेका राखु भगवतीका सागर भण्डारीको नेतृत्वमा संकलन भएको रु ९७ हजार २७९ रुपैया उपलब्ध गराईएको छ । त्यस्तै मोना कोरियाले समेत कार्कीको परिवारको सहयोगार्थ करिब रु ६ लाख सहयोग संकलन गरेको छ ।