दिवंगत आफन्तको सम्झनामा बेनीमा नागनागिनी नाच प्रदर्शन

  • २४ श्रावण २०७४, मंगलवार
  • धिरन खत्री
  • 2647 पटक पढिएको

म्याग्दी, २४ साउन । म्याग्दीको सदरमुकाम बेनीमा परम्परागत रुपमा देखाईदै आईएको बर्खेनाच अन्र्तगत नागानागी वा सापरु नाच मंगलबार देखाईएको छ । नेपाल भाषा मंका खल र ल्याम पुचको आयोजनामा जनैपुर्णिमादेखि दुईदिनसम्म बेनीमा बर्षभरी दिवंगत भएका व्यक्तिहरुको सम्झनामा नागानागिनी नाच देखाईएको हो

    
बर्खेनाच बेनीका नेवार समुदायको साँस्कृतिक पहिचानको रुपमा रहेको छ । बर्षभरीमा दिवंगत हुनुभएका व्यक्तिको घरबाट उनीहरुको सम्झनामा निकालिएको सापारु नाच बजारभर पदर्शन गरिएको नेपाल भाषा मंका खलः अन्र्तगत रहेको ल्यामपुचका अध्यक्ष सुविन श्रेष्ठले बताउनुभयो ।


यो बर्ष बर्खेनाच अन्र्तगत सापरु नाच संगै लाखेनाच, घोडानाच, श्रीकृष्ण र सथयात्रा सहित विविध नाच देखाईरहेको ल्यामपुचका अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । बेनी बजारमा बस्ती बसेदेखी नै नेवार समुदायको सक्रियतामा बर्खेनाच देखाउँदै आएको पाईन्छ । ऐतिहाँसिक महत्व बोकेको बर्खे नाचमा पछिल्लो समय बेनीका युवाहरुले सक्रियतापूर्वक सहभागिता जनाउने गरेका छन् ।


घण्टाकर्ण पर्वको दिनदेखि सुरु भई एक महिनासम्म देखाईने बर्खे नाचमा परापुर्व कालमा समाजमा दुख दिएको र विकृती फैलाएको घण्टाकर्ण नामको राक्षसको हत्यापछि राक्षसकी श्रीमतीले पति बियोगमा गरेको चरित्र प्रर्दशनलाई बर्खेनाचमा देखाउने गरिन्छ । बर्खेनाच अन्र्तगत तिजको दिनमा दानविय स्वरुपको लाखेलाई भगवान श्रीकृष्णले बध गरेपछी असत्यमाथि सत्यको विजयी हुने सन्देश सहित यो नाच सकिने प्रचलन रहेको छ ।

 

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l