जनप्रतिनिधिलाई स्तनपान सम्बन्धि अभिमुखीकरण

  • २३ श्रावण २०७४, सोमबार
  • 1593 पटक पढिएको

म्याग्दी, २३ साउन । स्तनपान दिवसको अबसरमा म्याग्दीका जनप्रतिनिधिलाई स्तनपान सम्बन्धि अभिमुखीकरण गरिएको छ । सुआहारा कार्यक्रम अन्र्तगत मिलन म्याग्दीको आयोजनामा जिल्लाको बेनी नगरपालिका, मंगला गाउँपालिका, अन्नपूर्ण गाउँपालिका, धौलागिरी गाउँपालिका र जिल्ला समन्वय समितिका जनप्रतिनिधिहरुलाई अभिमुखीकरण गरिएको हो ।

स्तनपान दिवसको सप्ताहव्यापी कार्यक्रमको अन्तिम दिन सोमबार धौलागिरी गाउँपालिकाको केन्द्र मुनामा अभिमुखीकरण गरिएको हो । गाउँपालिकाका अध्यक्ष थमसरा पुनको अध्यक्षतामा भएको कार्यक्रममा मुना स्वास्थ्य चौकीका अनमी मिना घर्तिमगर र मिलन म्याग्दीका कार्यक्रम संयोजक बलराम गौतमले सहजीकरण गर्नुभएको थियो भने सञ्चालन वडा सचिब गिरीराज शर्माले गर्नुभएको थियो ।