नेपाल पत्रकार महासंघ म्याग्दीमा दुई लाख बढीको अक्षयकोष घोषणा

  • ४ फाल्गुन २०७३, बुधबार
  • धिरन खत्री
  • 1781 पटक पढिएको

1

म्याग्दी, ३ फागुन । नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीमा दुई लाख पाच हजार रुपैयाको अक्षयकोष स्थापना भएको छ । शाखाको मंगलबार बेनीमा सम्पन्न पाँचौ अधिवेशनको अवसरमा उक्त अक्षयकोषको घोषणा गरिएको हो । अक्षयकोष स्थापनाका लागि शाखाका निवर्तमान अध्यक्ष सुरत केसीले एक लाख, उपाध्यक्ष मालती खत्रीले ५५ हजार ५५५ र सचिव गोरखनाथ सुवेदीले पचास हजार रुपैया सहयोग गर्ने घोषणा गर्नुभएको हो ।

2

उहाँहरुले आफ्ना स्वर्गिय आफन्तको स्मृतिमा घोषणा गर्नुभएको उक्त रकमलाई कार्यबिधी बनाएर कोषको ब्याज पत्रकारलाई प्रोत्साहत र सहयोग पुग्ने काममा लागि परिचालन गरिने महासंघले जनाएको छ । यसैबिच मंगलवार निर्वाचित नयाँ कार्य समितिको पहिलो बैठकले क्रियाशिल पत्रकारलाई बार्षिक रुपमा पुरस्कृत गर्ने गरि अक्षयकोष निर्माणको लागि सहयोग घोषणा गर्ने तिनै जनालाई धन्यबाद ज्ञापन गर्दै अक्षयकोषको व्यवस्थापनको लागि कार्यविधि निर्माण गर्ने निर्णय गरेको छ ।

3

शाखाको अधिबेशनको उद्घाटन गर्दै महासंघका केन्द्रिय महासचिव उजिर मगरले श्रमजिवी पत्रकार ऐनको कार्यान्वयन गर्न पत्रकारहरुबीच एकता, सहकार्य र समन्वयको आवश्यकता रहेको बताउनुभयो ।

Fnj myagdi (4)
उहाँले पत्रकार आचार संहिताको पालना गरि खोजमुलक सत्य तथ्य समाचार सम्प्रेषण गर्न आग्रह गर्दै म्याग्दीमा लुकेर रहेका सम्भावनाहरुलाई अझै उजागर गर्न पत्रकारहरुलाई आग्रह गर्नुभयो ।

त्यस्तै केन्द्रिय सदस्य हरिनारायण गौतम र रोहित दाहालले पत्रकारले सधै खोजमुलक समाचार सम्पेषण गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा सांसदद्धय नवराज शर्मा र रेशमबहादुर बानियाले संबिधान कार्यान्यवन र लोकतन्त्रको संस्थागत विकासका लागि सञ्चार जगतको रचनात्मक भुमिका आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी यादवनाथ आचार्य, नेपाली काँग्रेसका सचिव हरिकुमार श्रेष्ठ, नेकपा एमालेका अध्यक्ष हरिकृष्ण श्रेष्ठ, नेकपा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य तथा जिल्ला संयोजक गोविन्द पौडेल, राष्ट्रिय जनमोर्चाका अध्यक्ष छवी विश्वकर्मा, संघिय समाजबादी पार्टीका मुक्ति रोका र स्थानीय विकास अधिकारी प्रेमराज गिरीले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

यसैगरी नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य प्रमोद श्रेष्ठ, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष जिवनबहादुर विश्वकर्मा, शाखाका संस्थापक अध्यक्ष घनश्याम खड्का, गैरसरकारी संस्था महासंघका अध्यक्ष हरिप्रसाद पौडेल, नागरीक समाजका संयोजक सुर्दशनकुमार श्रेष्ठ, प्रेस चौतारीका अध्यक्ष मालती खत्री, प्रेस युनियनमा सभापती गोपाल छन्तयाल र प्रेस सेन्टरका अध्यक्ष कमल खत्रीले पनि मन्तव्य राख्नुभएको थियो ।

शाखाका निवर्तमान अध्यक्ष केसीको अध्यक्षता, उपाध्यक्ष ठाकुर प्रसाद आचार्यको स्वागत र सचिव गोरखनाथ सुवेदीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

धिरन खत्री