योजना आयोगका उपाध्यक्ष श्रेष्ठले दिए राजीनामा

  • १६ श्रावण २०७४, सोमबार
  • 3456 पटक पढिएको

म्याग्दी, १६ साउन । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पदबाट डा. मीनबहादुर श्रेष्ठले राजीनामा दिएका छन् । सोमबार अपरान्ह प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर श्रेष्ठले मंगलबारबाट लागु हुने गरी राजीनामा दिएका हुन ।


माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले उनलाई गत बर्षको भदौ १६ गते उपाध्यक्षमा नियुक्त गरेको थियो । श्रेष्ठलाई आज आयोगका कर्मचारीले औपचारिक विदाई समेत गरेका छन् ।
म्याग्दीको बेनी नगरपालिका ४ सिगाँका श्रेष्ठले योजना आयोगका उपाध्यक्ष पदमा हुदाँ जिल्लाको हरेक क्षेत्रको विकासमा प्राथमिकता दिएका थिए । भने समग्र मुलुकको विकासमा महत्वपुर्ण भूमिका निर्वाह गरेका थिए ।
श्रेष्ठ योजना आयोगमा आउनुअघि राष्ट्र बैंकको राष्ट्र ऋण ब्यवस्थापन विभागका कार्यकार निर्देशक थिए । नयाँ सरकार आएपछि प्रधानमन्त्रीलाई सघाउन योजना आयोगका उपाध्यक्षले राजीनामा दिने प्रचलन छ ।

onlinekhaber ko sayog