व्यवहारिक अध्ययन तथा प्रतिवेदन लेखन सम्बन्धि अभिमुखीकरण

  • १५ श्रावण २०७४, आईतवार
  • सागर भण्डारी
  • 11869 पटक पढिएको

म्याग्दी, १५ साउन । म्याग्दी बहुमुखी क्याम्पसमा मानविकी संकाय अन्तर्गत स्नातक तह प्रथम बर्षका विद्यार्थीहरुलाई समाजशास्त्र विषयको व्यवहारिक अध्ययन तथा प्रतिबेदन लेखन सम्बन्धि अभिमुखिकरण कार्यक्रम आईतवार सम्पन्न भएको छ । मानविकी संकाय विभाग प्रमुख भोलानाथ घिमिरेद्धारा सहजीकरण गरिएको अभिमुखिकरण कार्यक्रममा क्याम्पस प्रमुख टिकाराम सापकोटाले प्रमुख अतिथीको मन्तव्य व्यक्त गर्दै समाजलाई अध्ययन गर्न र प्रतिवेदन लेखन शैलि र विधिको बारेमा व्यवहारिक ज्ञान लिन अभिमुखीकरणले सहयोग पुग्ने विचार व्यक्त गर्नुघयो ।


उक्त कार्यक्रममा आफ्नो मन्तव्य राख्दै क्याम्पसका प्रध्यापक तारानाथ शर्माले समाजशास्त्र संकाय अहिले सम्म सैद्धान्तिक रुपमा अध्यापन भएतापनि यस बर्ष देखि व्यवहारिक शिक्षा प्रणालीमा पाठ्यक्रम तयार भएकोले यसले विद्यार्थीहरुलाई स्थानीय समाजको मौलिक रुपमा अध्ययन अनुसन्धान गर्न थप राहात प्रदान गर्ने जानकारी गराउनु भएको थियो । कार्यक्रममा समाजशास्त्र विषयका प्रध्यापक गोरखनाथ जिसिले विषय बस्तु, र अध्ययन विधी र विषयको बारेमा प्रकाश पार्नुभएको थियो । मानविकी संकाय अन्तर्गत स्नातक तह प्रथम बर्षका विद्यार्थीहरुलाई २ समुहमा विभाजन गरी बेनपा–८ का घरधुरिमा विवाह र परिवारमा आएको परिवर्तनको स्थलगत नमुना अवलोकन भ्रमण गरी प्रतिबेदन तयार गरिने बताईएको छ ।

 

सागर भण्डारी