लोक बानिँयाद्वारा एन सि सी कोरियाको कोषाध्यक्षमा उम्मेद्वारी घोषणा

  • १३ श्रावण २०७४, शुक्रबार
  • 8751 पटक पढिएको

सौल। दक्षिण कोरियामा लामो समय देखि बस्दै आएका म्याग्दीका लोक बहादुर बाँनिया द्वारा नेपाली सम्पर्क समिती कोरियाको कोषाध्यक्ष पदमा उम्मेद्वारी दिएका छन् । नयाँ दैनिकी मार्फत आफ्नो उम्मेद्वारी घोषणा गर्दै बानिँयाले कोरियाबासी नेपालीहरूको हितमा काम गर्ने संस्था बनाउन आफुले उम्मेद्वारी घोषणा गरेको बताए।

म्याग्दी प्रवासी समाज ९मोना० कोरियाका अध्यक्ष समेत रहेका उनि एन आर एन कोरियाको सदस्य र भलिवल संघ कोरियाको उपसंयोजको रूपमा पनि सामाजिक क्रियाकलापमा सक्रिय छन् ।

म्याग्दीको भृकुटी यूवा क्लबको संस्थापक अध्यक्ष हुंदै सामाजिक रूपमा सक्रिय भएको बताउने उनि एन सि सी कोरियालाई साँच्चैको साझा र छाता संस्था बनाउन आफुले पहल गर्ने बताउँछन् । उनले बिगतका आफ्ना कामको मुल्यांकन गर्दै सहयोग गर्न कोरियाबासी नेपालीहरूलाई अपिल गरेका छन् । Source: www.nayadainiki.com