मल्कबाङ्गको विकासमा यसरी बिनियोजन भयो बजेट

  • १२ श्रावण २०७४, बिहीबार
  • 2729 पटक पढिएको

म्याग्दी, १२ साउन । धौलागिरी गाउँपालिका–५ मल्कबाङ्गमा चालु आर्थिक बर्षको लागि प्राप्त भएको बजेट विभिन्न योजनाहरुमा बिनियोजन गरिएको छ । कुल ५७ लाख ५० हजार बजेटलाई साविकको मल्कबाङ्ग गाविसका सबै गाउँबस्तीलाई समेटेर विनियोजन गरिएको वडा अध्यक्ष खर्क कुमारी छन्त्यालले बताउनुभयो ।

उहाँका अनुसार, तत्काल गाउँमा गर्नुपर्ने कामहरुलाई प्राथमिकता दिईएर बजेट विनियोजन गरिएको छ । सो बजेटबाट मल्कबाङ्ग टोलभित्र सिढी पिसिसी ढलान र साँघो तटबन्धनको लागि रु १६ लाख ८० हजार मल्कबाङ्ग दलित बस्ती खेलमैदान निर्माणको लागि १ लाख ५० हजार नन्दिबाङ खोलाको विद्युत कुलो मर्मतको लागि रु ३ लाख, बान्चन पुतली डाँडा रुवाचौर हुदै धार्मिक स्थल रिखार सम्म पर्यटकीय पदमार्ग निर्माणमा रु ५ लाख, जन जागृति मा बि को खेल मैदान मर्मतको लागि रु ३ लाख ५० हजार र मल्कबाङ्ग स्वास्थ्य चौकि फर्निचर खरिदको लागि रु ७० हजार बजेट विनियोजन गरिएको वडा कार्यालयले जनाएको छ ।

त्यसैगरि मलम्पारको महेन्द्र आधारभुत बिद्यालयलाइ घेरावारको लागि रु ३ लाख, मलम्पार टोल भित्र सार्वजनिक भवन खेल मैदान निर्माणको लागि रु ७ लाख, मलम्पार टोल भित्र पक्कि सिढि निर्माण गर्न रु ५ लाख, क्लब भवन निर्माण गर्न, ५ लाख र मलम्पार टोल भित्र बिजुलि लाईन बिस्तार गर्न रु १ लाख बजेट विनियोजन गरिएको छ । त्यसैगरि भेडिखाल्टा टोल भित्र आमा समुह भवन निर्माण गर्न रु ४ लाख, खेलकुद मैदान मर्मत गर्न रु २ लाख बजेट विनियोजन गरिएको छ । हरेक योजना सम्पन्न गर्नको लागि १० प्रतिशत जनश्रमदानलाई अनिवार्य गरिएको वडा कार्यालयले जनाएको छ ।