एनआरएनए हङकङको अध्यक्षमा म्याग्दीकी टीका गुरुङ निर्विरोध

  • ८ श्रावण २०७४, आईतवार
  • 8009 पटक पढिएको

म्याग्दी, ८ साउन । गैर आवासिय नेपाली संघ (एनआरएनए) हङकङको अध्यक्षमा म्याग्दीकी टिका (राधिका) गुरुङ निर्विरोध निर्वाचित भएकी छिन् । शनिवार भएको छैटौँ अधिबेशनमा गुरुङ सर्वसम्मत रुपमा अध्यक्षमा चयन भएकी हुन् ।

छैठौँ अधिवेशन चलिरहँदा अन्तिम समयमा अध्यक्ष पदका प्रत्याशी कोमल गुरुङले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि गुरुङ निर्विरोध अध्यक्षमा चुनिएकी हुन् । अधिबेशनबाट उपाध्यक्षमा निरञ्जन गुरुङ र कर्मा गुरुङ समेत निर्विरोध चुनिएका छन् ।


अधिवेसनबाट एक अध्यक्ष, २ जना उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष, युवा संयोजक, महिला संयोजक र ९ जना सदस्य गरी १८ जना चुनिने नयाँ कार्यसमितिका लागि दुई पदमा बाहेक अरु सबै पदहरुमा निर्विरोध भएको बताईएको छ । अधिवेसनमा महासचिव र महिला संयोजक पदका लागि मात्र निर्वाचन भएको बताईएको छ ।