विद्युत मर्मतमा ढिलाई हुँदा औला गाउँ अन्धकारमा

  • ७ श्रावण २०७४, शनिबार
  • सन्तोष गौतम
  • 1467 पटक पढिएको

 

म्याग्दी, ७ साउन । म्याग्दीको अन्नपूर्ण गाउँपालीका ७ हिस्तान औलामा विद्युतको वितरण लाईन मर्मतमा ढिलाई हुँदा स्थानीय बासिन्दा अन्धकारमा बस्न बाध्य भएका छन् ।

साउन १ गते औला गाउँको शिरानमा रहेको डोठे भन्ने ठाउँमा खसेको पहिरोले विद्युतको एउटा पोल ढलाउनुका साथै तार चुदालेपछि विद्युत आपूर्ती बन्द भएको हो । गाउँलेले एघार हजार खर्च गरेर अर्को पोल र तार ल्याएपनी जडान गर्ने प्राबिधिक नआउँदा अन्धकारमा बस्नुपरेको स्थानीय बासिन्दा बलराम रन्तिजाले बताउनुभयो ।

नेपाल विद्युत प्राधिकरणले पोल उपलब्ध गराएपनी विद्युत जडानका लागि प्राबिधिक पठाउन ढिलाई गरेको औलाका बासिन्दाले गुनासो गरेका छन् । औलाका असी घरधुरीले केन्द्रिय प्रशारण लाईनको विद्युत जडान गरेका छन् ।

विद्युत अभावमा स्थानीय बासीको दैनिकी कष्टकर बनेको छ । ् नेपाल विद्युत प्राधिकरण बेनी वितरण केन्द्रले भने प्राबिधिक जनशक्तिको कमी भएकाले समस्या भएको बताउँदै छिट्टै कर्मचारी पठाउने जनाएको छ ।

सन्तोष गौतम