पाँचौ राष्ट्रिय लोकदोहोरी अवार्ड म्याग्देली गायिका कार्कीलाई प्रदान

  • ७ श्रावण २०७४, शनिबार
  • 10012 पटक पढिएको

म्याग्दी, ७ साउन । पृथ्वी पाँचौ राष्ट्रिय लोकदोहोरी अवार्ड– २०७४ बाट म्याग्देली गायिका सोभा कार्की सम्मानित भएकी छिन् । लोकदोहोरी गायनतर्फ सर्वोकृष्ट पाँच भित्र पर्न सफल म्याग्दी रघुगंगा गाउँपालिका–२ भगवतीकी शोभा कार्की भोटिङ मार्फत सो अवार्ड हात पार्न सफल भएकी हुन् ।

उत्कृष्ट पाँचको मनोनयनमा छनौट भएका उत्कृष्ट प्रतियोगी मध्ये ४० प्रतिशत भोट र ६० प्रतिशत मुल्यांकनकर्ताको नम्बरको आधारमा बिजेता छनौट गरिएको थियो । राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान उपत्यका समन्वय समिति काठमाण्डौले आयोजना गरेको पृथ्वी पाँचौ राष्ट्रिय लोक दोहोरी अवार्ड बिजेता कार्कीलाई शनिवार प्रज्ञा भवन काठमाण्डौमा सो अवार्ड प्रदान गरिएको हो ।

गायिका कार्कीलाई अवार्डको साथमा प्रमाणपत्रद्धारा सम्मान गरिएको थियो । राष्ट्रिय अवार्डले आफुलाई साँगेतिक क्षेत्रमा थप सक्रिय भएर लाग्न प्रेरणा मिलेको गायिका कार्कीले म्याग्दीअनलाईनलाई प्रतिकृया दिईन् । उनले आफुलाई भोट गर्ने सबैलाई आभार समेत प्रकट गरेकी छिन् ।

स्थानीय स्तर हुँदै राष्ट्रिय स्तरसम्म नै लोकदोहोरीको क्षेत्रमा चर्चा बटुल्दै पाँचौ राष्ट्रिय लोकदोहोरी अवार्ड हात पार्न सफल गायिका कार्की र रबि लामिछानेको समुह हालै राष्ट्रिय नाच घरले आयोजना गरेको खुला राष्ट्रिय लोकदोहारी गित प्रतियोगितामा बिजेता बन्दै नगद रु १ लाख पुरस्कार प्राप्त गर्न सफल भएका थिए ।