लोकदोहोरी अवार्डको प्रतिस्पर्धामा म्याग्दीकी कार्की, एसएमएस मार्फत भोट गर्न आह्वान

  • ६ श्रावण २०७४, शुक्रबार
  • 5965 पटक पढिएको

म्याग्दी, ६ साउन । पृथ्वी पाँचौ राष्ट्रिय लाकदोहोरी अवार्ड– २०७४ को सर्वोकृष्ट पाँच भित्र म्याग्दी रघुगंगा गाउँपालिका–२ भगवतीकी शोभा कार्की छनौटमा परेकी छिन् । पाँच प्रतिस्पर्धी मध्ये भोटिङको आधारमा उत्कृष्ट हुनेलाई अवार्ड वितरण गरिनेछ् । स्थानीय स्तर हुँदै राष्ट्रिय स्तरसम्म नै लोकदोहोरीको क्षेत्रमा चर्चा बटुल्न सफल म्याग्देलि कलाकार कार्कीलाई बिजेता बनाउन एसएमएस भोडिङ गर्नुपर्नेछ ।

कार्कीलाई अवार्ड जिताउनका लागि शुक्रवार साँझ पाँच बजेभित्र मोवाईलको म्यासेज बक्समा गएर LDA स्पेश 25C लेखेर 35225 मा एसएमएस पठाउन आह्वान गरिएको छ । राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान उपत्यका समन्वय समिति काठमाण्डौले आयोजना गरेको पृथ्वी पाँचौ राष्ट्रिय लोक दोहोरी अवार्ड बिजेता हुनेलाई शनिवार प्रज्ञा भवन काठमाण्डौमा अवार्ड प्रदान गर्ने कार्यक्रम तय भएको छ ।

चर्चित गायिका कार्की र रबि लामिछानेको समुह हालै राष्ट्रिय नाच घरले आयोजना गरेको खुला राष्ट्रिय लोकदोहारी गित प्रतियोगितामा बिजेता बन्दै नगद रु १ लाख पुरस्कार प्राप्त गर्न सफल भएका थिए । म्याग्देली गायीका लोकदोहोरी अवार्डको प्रतिस्पर्धामा पुग्नु खुसीको कुरा भएको भन्दै उनलाई मोवाईल मार्फत भोड गरि बिजेता गराउन रघुगंगा गाउँपालिका–२ का वडा अध्यक्ष रिम कटुवालले सबैलाई आह्वान गरेका छन् ।