रुमको धुलाबाङमा श्रीमतीको कोदालो प्रहारले शिब जिसीको मृत्यु

  • ४ श्रावण २०७४, बुधबार
  • 13635 पटक पढिएको

म्याग्दी, ४ साउन । म्याग्दीको मालिका गाउँपालिका–२ रुमको धुलावाङमा एक युवाको आफ्नै श्रीमतीले हत्या गरेकी छिन् । मंगलवार राती करिब साढे १० बजे ३४ बर्षका शिब जिसीलाई उनको श्रीमती करिब २५ बर्षिया रञ्जना जिसीले कोदालो प्रहार गरि हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घरायसी विवादको क्रममा श्रीमतीले कोदालोले टाउकोमा प्रहार गर्दा उनको घरमै मृत्यु भएको थियो ।

श्रीमतीले कोदालोले हानेर श्रीमानको हत्या गरेको खवर प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय दरबाङबाट खटिएको प्रहरी टोलिले घटनास्थलबाट मृतक जिसीको सबलाई परिक्षणको लागि जिल्ला अस्पतालतर्फ ल्याउँदै गरेको प्रहरी नायब उपरिक्षक बसुन्धरा खड्काले बताउनुभयो ।

उहाँका अनुसार, श्रीमानको हत्या गरेको आरोपमा मृतक जिसीकी श्रीमती रञ्जनालाई प्रहरीले नियन्त्रणमा लिएर आबश्यक अनुसंधान अगाडी बढाएको छ ।