यसरी उर्लियो कालिगण्डकी नदीको भेलः बस्ती जोखिममा(फोटोफिचर)

  • २१ असार २०७४, बुधबार
  • धिरन खत्री
  • 19612 पटक पढिएको

म्याग्दी, २१ असार । अविरल बर्षासंगै म्याग्दीको सदरमुकाम बेनी नजिक भएर बग्ने कालिगण्डकी नदी उर्लिएको छ । बर्खा सुरु भएसंगै निरन्तर लेखमा मनसुनले मुल पलाएर खहरेभेल उर्लिएपछि कालिगण्डकीको बहाफ बढेको हो ।


मनसुन सुरु भएसंगै कृषकहरु धेरै खुशी हुन्छन् तर मनसुन परिरहदाँ नदीको आसपासमा रहेका बस्तीहरु जोखीममा दिन कटाउन बाध्य हुन्छन् । बर्षासंगै आएको कालिगण्डकी नदी सतह बढ्दा म्याग्दीको सदरमुकाम बेनीबजार र पर्वतको जलजला गाउँपालिकामा पर्ने नदी नजिक बेनीवजारका घरहरु जोखीममा परेका छन् ।


जव बर्खासंगै बर्षा सुरु हुन्छ तव कालिगण्डकी नदीको बहाफले नदी नजिक भएका बेनीबजारका बस्तीहरु कटानको उच्च जोखीममा बर्षैनी रहदै आएका छन् । नदीको उच्च बहाफसंग सदरमुकामलाई सुरक्षित बनाउन मेशिनरी पर्खाल लगाउन सुरु गरेपनि समयमै काम सम्पन्न नहुदाँ म्याग्दीको बेनीवजार र पर्वतको बेनीबजार नजिक रहेको सुकुमबासी टोल जोखीममा परेको छ ।

 


असारे विकासको सरकारी विकास योजना काम समयमै सुरु नहुदाँ त्यसको जोखीम सधै जनताले भोग्नुपर्ने बाध्यता रहदै आएको छ । त्यस्तै समस्या भौग्दै म्याग्दीको बेनी बजार र पर्वतको बेनीबजार जोगाउन सुरु गरिएको मेशिनरीवाल समयमै सम्पन्न हुन नसक्दा बर्खासंगै सुरु भएको मनसुनले नदीको बहाफ उच्च हुदाँ बस्ती कटान गर्ने जोखीम बढेको हो ।


विकास निर्माणमा सधै सरकारवाला जिम्मेवारी नहुदाँ विकास निर्माण कार्य सुस्त हुदै गएका छन् । त्यसको समस्यामा सधै जनताले भोग्नुपर्ने नेपालको बाध्यता रहेको छ । फोटोः  धिरन खत्री

 

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l