फेसबुक खोलेर गितको म्युजिक भिडियो छायांकन

  • २० असार २०७४, मंगलवार
  • 7125 पटक पढिएको

म्याग्दी, २० असार । फेसबुक खोलेर बोलको लोक पप गितको म्युजिक भिडियो म्याग्दीमा छायांकलन गरिएको छ । चर्चित गायक कृष्ण काफ्ले र गायीका रमा अर्यालको स्वर रहेको स्पन्दन एल्बममा शब्द संकलन म्याग्दीकै अनिल बानियाँ र संगित म्याग्दीकै दिपक शर्माले भरेका छन् ।  

महारानी थान, बौद्ध विहार र गलेश्वरमा शनिवार र आईतवार छायांकलन गरिएको म्युजिक भिडियो म्याग्दीकै युवा निर्देशक भुपेन बानियाँले निर्देशन गरेका हुन् । सो म्युजिक भिडियोमा एलबि थापा (लभ), फुलु पुनले अभिनय गरेका छन् । अस्मी महतको मेकअप र विएस फेशन शपको ड्रेस संयोजन रहेको सो म्युजिक भिडियोको छायांकन निर्देशक भुपेन बानियाँ , सहनिर्देशन सुमी बोगटी बानियाँ तथा छायांकन सहयोगी सुमित्रा बानियाँले गरेका छन् ।

सो म्युजिक भिडियोलाई क्रियटिभ मिडिया प्रोडक्सन मार्फत बजारमा ल्याउने तयारी गरिएको छ । म्युजिक भिडियोको सम्पादन समेत गर्न लागेका निर्देशक बानियाँले आकर्षक गितमा छायाँकन गरिएको म्युजिक भिडियो समेत सबैले मन पराउने गरि आकर्षक हुने र तिजपछि मात्रै बजारमा ल्याउने तयारी भएको जानकारी दिए ।

कलाकारीतमा समेत सक्रिय रहेका निर्देशक तथा क्रियटिम मिडियो प्रोडक्सनका सञ्चालक बानियाँले रुदै मेलै पातामा रोईला गित, खुसी आँसुले लैदियो दोहोरीगित, हिजोसम्म अञ्जान थियौ आधुनिक गित, म त हिड्नुपर्ने मान्छे पप गित र म्याग्दी जिल्ला बगरफाँटैमा लोकगितको म्युजिक भिडियोमा निर्देशन तथा छायांकन गरिसकेका छन् ।