वृक्षारोपण अभियान सुरु

  • १६ असार २०७४, शुक्रबार
  • सन्तोष गौतम
  • 3523 पटक पढिएको

 

 

म्याग्दी १६ असार । वन विस्तार, हरियाली प्रर्वद्धन, भुक्षय तथा पहिरो रोकथामका लागि म्याग्दीमा वृक्षारोपण अभियान सुरु भएको छ ।

जिल्ला वन र भुसंरक्षण कार्यालयले भुक्षयको जोखिम रहेको, नांगो र खाली जमिन तथा सडक छेउछाउका क्षेत्रमा बिरुवा रोप्ने अभियान सुरु गरेका हुन् । बिहीबार औपचारीक रुपमा मंगला गाउँपालीका २ लाम्पाटादेखि अभियान सुरु गरिएको छ ।प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेल, मंगला गाउँपालीकाका अध्यक्ष सतप्रसाद रोका, उपाध्यक्ष सिर्जना केसी लगायतले लाम्पाटा स्थित मंगाल शिक्षा क्याम्पसको जग्गामा बिरुवा रोपेर अभियानको सुरुवात गर्नुभएको थियो ।

प्रजिअ पौडेलले वृक्षारोपण अभियानलाई सफल बनाउन बिरुवाको नियमित रेखदेख र संरक्षण गरी हुर्काउनुपर्नेमा जोड दिनुभयो । त्यहाँ ६०० बिरुवा रोपीएको थियो । यसैगरी रघुगंगा गाउँपालीकाको बेगखोला देउराली हरीत सडक र लामो पुल तर्फ जाने नयाँ खनीएको सडक वरपर पनी बिहीबार स्थानीय बासिन्दा र भुंसरक्षण कार्यालयको टोलीले अम्ब्रीसोका बिरुवा रोपीएको छ ।सडक छेउछाउको जमिन बलीयो बनाएर पहिरो जानबाट रोक्ने उद्देश्यले नौ हजार ५०० वटा अम्ब्रिसोका बिरुवा रोपीएको सहायक भुसंरक्षण अधिकृत शम्भुकुमार मिश्रले बताउनुभयो । बेगकै तिप्ल्याङ बादुक सडक मा पनि अम्ब्रिसो रोप्ने कार्यक्रम छ ।जिल्लाभरीनै सामुदायीक वन उपभोक्ता समूह, कृषक समूह र स्थानीय बासिन्दालाई परिचालन गरेर वृक्षारोपण गरिने जिल्ला भुसंरक्षण अधिकृत दिवाकर पौडेलले जानकारी दिनुभयो । वृक्षारोपणका लागि भुंरक्षण कार्यालयले सर्वसाधारणलाई निशूल्क वितरण गर्न ३२ प्रजातीका ७० हजार बिरुवा उत्पादन गरेको छ ।

बहुउपयोगी डालेघाँस र काठ प्रजातीका बिरुवाहरु बढी छन् । निमारो, ईपील ईपील, राईखन्यु, बेडुलो, किम्बु, बडहर लगायत जातका बिरुवा रोप्दा गाईबस्तुको आहरा आपूर्तीमा सहयोग पुग्ने जनाइएको छ ।यसैगरी जिल्ला वन कार्यालयले बेनी र दरवाङको नर्सरीमा ६० हजार बिरुवा उत्पादन गरेको वन अधिकृत सुखलालप्रसाद जयसवालले जानकारी दिनुभयो । वन कार्यालयले वन उपभोक्ता समूह र सर्वसाधारणलाई निशूल्क विरुवा वितरण गर्ने जनाएको छ ।

सन्तोष गौतम