राखुमा एकपछि अर्को शोक ! भगवतीका खेलाडी गौरबको निधनले राखुबासी शोकमग्न

  • १० असार २०७४, शनिबार
  • 39267 पटक पढिएको

म्याग्दी, १० असार । शनिवार कालिगण्डकी नदी किनारको कुनौटो घाटमा रघुगंगा गाउँपालिका– २ राखु भगवती घट्टका शिबकुमार कार्कीको अन्त्योष्टि गरिँदै थियो । रोजगारिको शिलसिलामा कोरिया पुगेका कार्कीको गत असार २ गते आफ्नै कोठामा सुतेकै अबस्थामा निधन भएको थियो । २७ बर्षिय युवा कार्कीको सब कोरियादेखि काठमाण्डौ हुँदै घाटमा अन्योष्टि गरेर सकिन नपाउँदै राखुबासी फेरी शोकमा डुबेका छन् । शनिवार कार्कीको शब अन्यौष्टि गरेर सकिन नपाउँदै राखुबासीको कानमा अर्को पत्याउनै नसक्ने घटना ठोकिन पुग्यो । भगवती मैदानका युवा गौरब मल्लको असामयिक निधनको खबर ।

चर्चित भलिबल खेलाडी समेत रहेका मल्लको काठमाण्डौमा हृदयघातबाट शनिवार मध्यान्न करिब १२ बजेतिर निधन हुन पुगेको हो ।

धुम्बाराही स्थित आफु बस्दै आएको घरमा अचानक मल्लको स्वास्थ्यमा खराबी आएपछि उनलाई आफन्तले चाबेलमा रहेको हेल्पीङ हेण्ड सामुदायिक अस्पतालमा पु¥याउँदै गर्दा असामयिक निधन भएको थियो ।

अस्पतालमा पु¥याएलगत्तै मल्लको हृदयघातको कारण निधन भएको चिकित्सकहरुले घोषण गरेका थिए । पत्याउनै नसक्ने गरि विहानसम्म आफने आफन्त र साथिहरुसंग सकुशल रहेका मल्लको अचानक दुखत निधनको खबर सुनपछि मल्लका घरपरिवार, आफन्तसंगै स्वदेश तथा विदेमा रहेका राखुबासी शोकमग्न भएका छन् ।

निकै मिलनसार, सामाजिक कार्यमा क्रियाशिल, ३० बर्षिय मल्लको अल्पआयुमै भएको निधनप्रति स्वदेश तथा विदेशमा रहेका राखुबासीले दुख व्यक्त गर्दै शोकतन्तप्त परिवारप्रति समबेदना प्रकट गरेका छन् । परिवारका कान्छा छोरा गौरब अविवाहित थिए । जिवनको महत्वपूर्ण समय खेलक्षेत्रमा बिताएका मल्ल बालबालिका, युवादेखि बृद्धबृद्धा सम्म पनि निकै घुलमिल हुने स्वभावका थिए । दिवंगत मल्लको शबलाई आईतवार विहान काठमाण्डौको पशुपति आर्यघाटमा अन्त्योष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।