गायक खत्रीको मौलिक पञ्चेबाजाको म्युजिक भिडियोले चर्चा बटुल्दै

  • ४ असार २०७४, आईतवार
  • धिरन खत्री
  • 2685 पटक पढिएको

म्याग्दी,४ असार । म्याग्दीको रघुगंगा गाउँपालिका २ राखुभगवतीका सर्जक दशरथ खत्रीले पञ्चेबाजा गितले चर्चा बटुल्न थालेको छ । आफ्नो जन्मस्थलको धार्मिक पर्यटकिय स्थलाई चिनाउन खत्रीले पञ्चेबाजा म्युजिक भिडियोमा आधारित “झ्याप्पै भेट भो बेनीबजारमा” गितले चर्चा बटुल्दै गएको छ ।

उतकृष्ट पर्यटकिय गन्तव्यलाई चिनाउन सर्जक खत्रीले म्याग्दीको सदरमुकाम बेनीबजार, धार्मिक पर्यटकिय स्थल गलेश्वरधाम, धार्मिक र एतिहासिक भगवती कोट मन्दिर र रुईसे लगायतको क्षेत्रमा छायाँकन गरिएको थियो । आफ्नो जन्मस्थलमा रहेका पञ्चेबाजा, मौलिक सस्कृतिलाई पनि समेटिएको गितयतिबेला यूटुवमा रहेको छ।


रोजगारको शिलशिलामा कतारमा रहेका दशरथ खत्री, धन बरुवाल र नारण शर्माले सहकार्यमा रहेको लय शब्दमा पहिलो एल्बमको गित बजारमा ल्यााएका हुन् । उक्त गितको गायक प्रकाश सपुत÷दशरथ खत्री र देवी घर्तीको स्वरमा रहेको गितको निर्देशन शंकर विसिले गरेका हुन । गितमा मोडेल गायक दशरथ खत्री र चर्चित मोडेल अन्जली अधिकारीले गरेका थिए ।

 

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l