कोरियामा राुखका शिबको निधनले गाउँनै शोकमा

  • २ असार २०७४, शुक्रबार
  • 11286 पटक पढिएको

म्याग्दी, २ असार । रोजगारिको शिलसिलामा दक्षिण कोरिया पुगेका रघुगंगा गाउँपालिका–२ घट्टका शिब कुमार कार्कीको असामयिक निधनले सिंगो राखु क्षेत्र शोकमा डुबेको छ । २७ बर्षका कार्कीको कोरियाको सौल नजिकै खिम्पो शहर स्थित प्यास्टिकको दाना बनाउने ’होंजिन’ नामक कम्पनीमा असामयिक निधन भएको हो । सो कम्पनीमा कार्यरत कार्की गयराती आफ्नै कोठामा मृत अबस्थामा फेला परेका थिए । मिलनसार र सामाजिक क्षेत्रमा समेत सक्रिय रहेका युवा कार्कीको निधनप्रति स्वदेश तथा विदेशमा रहेका सिंगो राखुबासीले दुख व्यक्त गरेका छन् ।


गाउँको विकास र समृद्धिको लागि विभिन्न योजनाहरु बुन्दै समकालिन साथिहरुसंग छलफल गर्ने कार्कीको निधनले उनका घरपरिवार, आफन्तसंगै सिंगो गाउँबासीनै शोकमा डुबेका छन् ।

९ महिना अघि कोरीयामा पुगेका कार्की नियमित ड्ुटी पुरा गरि आफ्नो कोठमा गएर सुतेको तर आज बिहान ८ बज्दा पनि ढोका नखुलेपछि कम्पनीका मालिकले झ्याल तोडेर हेर्दा सुतिरहेको अवस्थामा मृत फेला परेका थिए ।

सामाजिक क्षेत्रमा समेत सक्रिय रहेका कार्कीको निधनको खबरले कोरियामा रहेका म्याग्देलि र नेपालीहरु स्तव्ध बनेको म्याग्दी समाज कोरियाका अध्यक्ष लोक बानिँयाले बताए। सुत्नुअघि समयसम्म कार्की सामाजिक सञ्जाल फेसबुक मार्फत साथिहरुसंग सम्पर्कमै थिए ।

घटनाका बारेमा प्रहरीले मोना कोरिया र नेपाली दुतावासलाई जानकारी गराएको छ । कम्पनी, प्रहरी र दुताबाससंग सहकार्य गरि कार्कीको सबलाई नेपाल पठाउनको लागि आबश्यक प्रकृया अगाडी बढाईएको मोना कोरियाले जनाएको छ । सकभर एक साताभित्रै कार्कीको सबलाई नेपाल पठाउने गरि पहल गरिरहेको मोना कोरियाका अध्यक्ष बानियाँले जानकारी दिए ।