मोना अष्टेलियाद्धारा आयोजित भलिबल प्रतियोगितामा जलजला परिवार बिजयी

  • २८ जेष्ठ २०७४, आईतवार
  • 4822 पटक पढिएको

म्याग्दी, २८ जेठ । म्याग्दी प्रवासी नेपाली संघ (मोना ) अष्ट्रेलियाद्धारा आयोजित तेस्रो  Tripty Foundation volleyball League 2017 प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा म्याग्दी जलजला परिवार अष्टेलिया बिजयी भएको छ । रोमान्चक खेलमा लगातार तिन सेट आफ्नो पक्षमा पार्दै जलजलाले जित हात पारेको हो । सो प्रतियोगिताको गत बर्षको संस्करण समेत जलजला परिवारले नै जित हात पारेको थियो ।


प्रतियोगितामा मोना अष्टे«लिया द्धितीय भएको छ । त्यस्तै महिला भलिबलमा मगर समाज प्रथम र म्याग्दी जलजला परिवार द्धितिय हुन सफल भएका छन् । ६ हप्तासम्म पत्येक आईतबार खेलाईएको प्रतियोगिता आज सम्पन्न भएको हो । प्रतियोगितामा पुरुषतर्फ प्रथमलाई नगद १५ सय र दोस्रोलाई नगद ८ सय डलरको साथमा मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिएको थियो ।

त्यसैगरि महिलातर्फ प्रथमलाई नगद २५० र दोस्रोलाई १ सय डलरको साथमा मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिएको थियो । कार्यक्रम मोना अष्टे«लियाका अध्यक्ष हरि राम्जालीको अध्यक्षता, सचिब सुसन श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको त्यहाँबाट माधव सुवेदीले जानकारी दिनुभयो ।