नन्दको सालैजो गीतको छायाङ्कन

  • २४ जेष्ठ २०७४, बुधबार
  • 8035 पटक पढिएको

म्याग्दी । लोकदोहोरी गायिका नन्द गर्वुजा मगरको पहिलो लोक दोहोरी गीत सालैजोको छायाङ्कन गरिएको छ । धवलागिरि गाउँपालिका वडा नं. ५ भेडिखाल्टाकी गायिका गर्वुजा र अहिलेका युवा पुस्तावीच अत्यत्नै लोेकप्रिय गायक धु्रव जिसीको आवाजमा रहेको सालैजो गीतको बेनी नगरपालिका २ बगरफाँटमा छायाङ्कन गरिएको छ । कस्तुप पन्तको शब्द र संगीत रहेको उक्त गीत माया प्रेममा आधारित रहेको छ । गीतमा लोक संस्कृति झल्काउने खालको शब्दहरु प्रयोग भएको गायिका मगर र जिसीको भनाई छ । उक्त सालैजो गितलाई आम स्रोता, दर्र्शकले मन पराउनेमा गायक गायिका विश्वस्त छन् । मगर समुदायको पुराना संस्कृति झल्किने किसिमका भेषभुषा प्रयोग गरि म्युजिक भिडियो खिचिएको छ ।
बब्बु थापाको निर्देशन रहेको गीतमा बब्बु थापा, परमेश्वर कार्की, हसिना थजाली र रोजिना गर्बुजाको अभिनय रहेको छ । उक्त म्युजिक भिडियोलाई दुर्गा शर्माले खिचेका हुन् । म्युजिक भिडियो अन्त्यै राम्रो भएको र केही दिनमा नै म्युजिक भिडियो सार्वजनिक हुने गायक जिसीले जानकारी दिए । भिडियो छायाङ्कनमा नेपाल मगर संघ म्याग्दीले विशेष सहयोग गरेको थियो ।
भिडियो सुटीङका तस्विरहरुः