फोक्सो रोगी खत्रीको निधन पछि बालबच्चाको पढाईमा समस्या

  • १२ जेष्ठ २०७४, शुक्रबार
  • 2099 पटक पढिएको

सन्दीप खत्री
बेनी नगरपालीका ४ तातोपानीकी पवित्रा खत्रीको उपचारको क्रममा गत महिना निधन भएपछि उनका बालबच्चाको विचल्ली भएको छ । फोक्सो र मुटुको रोगबाट ग्रसित खत्रीको उपचारका लागि ओम कुमारी शान्ति कोषले अभियान सञ्चालन गरेको थियो । खत्रीको पतिको समेत भूकम्पमा परि ज्यान गएपछि दुई बालबच्चाको हेरचाह खत्री स्वयम्ले गर्दै आएकी थिईन । खत्रीको परि उपचारको क्रममा ज्यान गएपछि दुई बालबच्चाको अध्ययन अध्यापनमा समस्या देखिएको छ । खत्रीकी छोरी जोनिसा कक्षा १० मा र छोरा जोनिशले कक्षा ८ मा अध्ययन गर्छन । जोनिशलाई माउन्ट एभरेष्ट आवासीय माध्यमिक विद्यालयमा निशुल्क पढ्ने वातावरण तयार गरिएको कोषका संस्थापक अध्यक्ष चन्द्रकुमार के.सीले बताए । तर कक्षा १० मा अध्ययनरत जोनिसाको भने थप अध्ययनका लागि समस्या देखिएको हो ।
खत्रीको उपचारका लागि संकलन भएको र उपचारबाट बाँकी रहेको रकम खत्रीको बालबालिका अध्ययन अध्यापनमा सहयोग गर्ने कोषका अध्यक्ष राजेश शाक्यले बताए । यसैवीच खत्रीको उपचारमा सघाउने उद्देश्यले अमेरीकामा संकलन भएको एक लाख १६ हजार ५६० रुपैया पनी शुक्रबार एक कार्यक्रमको आयोजना गरि हस्तान्तरण गरिएको छ ।


अमेरीकामा महेन्द्र बानियाँको पहलमा संकलन भएको रकम उनकी श्रीमती आशा बानियाँले संस्थालाई उपलब्ध गराएकी हुन । खत्रीको उपचारका लागि कोषले सञ्चालन गरेको अभियान मार्फत दुई लाख ६२ हजार ८७० रुपैया संकलन भएकोमा दुई लाख ६१ हजार २८० रुपैया खर्च भएको सचिव लोकेश पुन मगरले जानकारी दिए ।