म्याग्दीमा जेसीज सप्ताह मनाईदै

  • ११ जेष्ठ २०७४, बिहीबार
  • 1938 पटक पढिएको

म्याग्दी जेसीजले आफ्नो स्थापना दिवस साताव्यापि रुपमा विभिन्न रचनात्मक कार्यक्रम आयोजना गरि मनाउने भएको छ । जेठ १५ गतेदेखि २१ गतेसम्म साताव्यापि रुपमा विविध कार्यक्रम सहित सप्ताह मनाउन लागिएको म्याग्दी जेसीजका शाखा अध्यक्ष नारायणकुमार बरालले जानकारी दिनुभयो । उहाँका अनुसार, जेठ १५ गते उद्घाटन सहित तालिम कार्यक्रम आयोजना गरिएको छ ।

१६ गते जिल्ला स्तरीय कँराते प्रतियोगिता, १७ गते स्वागत एवम् सम्मान कार्यक्रम, १८ गते अन्तर मावि बक्तृत्वकला प्रतियोगिता, १९ गते जेसीज गाउँ पुलाचौरमा आँखा जाँच शिविर सञ्चालन गरिने र २० गते अन्तरमावि स्तरीय लोकनृत्य प्रतियोगिता आयोजना गरिएको छ । त्यसैगरि २१ गते अन्तर जेसीज हाजिरी जबाफ प्रतियोगिता सहित सप्ताहको समिक्षा गर्दै स्थापना दिवसको अबसरमा आयोजित जेसीज सप्ताहको समापन गरिने महासचिब खम थापाले जानकारी दिनुभयो ।

कार्यक्रमहरुलाई सफल बनाउनको लागि बरिष्ट कार्यकारीणी उपाध्यक्ष बद्री पौडेलको मुल संयोजकत्वमा हरेक कार्यक्रमका संयोजकहरु तोकेर आबश्यक तयारीलाई तिब्र पारिएको शाखा अध्यक्ष बरालले जानकारी दिनुभयो ।