नदीले बगाएका घर्तिलाई प्रहरीले ग¥र्यो सकुशल उद्धार

  • ७ जेष्ठ २०७४, आईतवार
  • सन्तोष गौतम
  • 5081 पटक पढिएको

म्याग्दी ७ जेठ । म्याग्दीमा कालीगण्डकी नदीको बिच भागमा फसेका एक व्यक्तिको प्रहरीले उद्धार गरेको छ ।     मालीका गाउँपालीका ५ ओखरबोट घर भई हाल बेनी बजारमा बस्दै आएका ५० वर्षिय टकबहादुर घर्तीको आईतबार बिहान उद्धार गरीएको प्रहरी निरिक्षक दिवाकर घिमीरेले जानकारी दिनुभयो ।

उहाँका अनुसार बिहान ५.३० बजे बेनी बजार नजिकैको कालीगण्डकीमा स्नानका लागि गएका घर्ती चिप्लीएर नदीले एक सय मिटर तलसम्म बगाएर बिच भागमा रहेको दुङ््गामा पु¥याई अड्काएको थियो ।

नदीमा फसेका घर्तीले हारगुहार गरेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरी निरिक्षक घिमीरेको टोलीले घर्तीलाई सकुशल उद्धार गरेर आफन्तको जिम्मा लगाएको छ ।

सन्तोष गौतम