पाण्डे मेडिकलहलद्धारा बेनीका संचारमाध्यमलाई स्वास्थ्य सामाग्री सहयोग (तस्बिर सहित)

  • १८ चैत्र २०७६, मंगलवार
  • 1879 पटक पढिएको

चैत १८ गते । सदरमुकाम बेनीको न्यूरोडमा रहेको पाण्डे मेडिकल हलले म्याग्दीमा रहेका सञ्चारमाध्यमा कार्यरत पत्रकारहरुलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस रोकथामका लागि पत्रकारहरुको प्रयोजनका लागि मास्क, सेनिटाइजर र ग्लोब्स सहयोग गरेको हो ।


मेडिकल हलका प्रोपोइटर प्रमोद महतो र विजयी अधिकारीले म्याग्दी मिडिया सोसाइटीका अध्यक्ष कमल खत्री र सचिव अमित विश्वकर्मालाई उक्त सामग्री हस्तान्तरण गर्नुभएको हो । ग्लोब्स दुइसय थान, मास्क ५० वटा, स्यानीटाइजर १० वोतल सहयोग प्राप्त भएको अध्यक्ष खत्रीले बताउनुभयो ।

समाचार संकलनका लागि फिल्डमा सुरक्षित तरिकाले काम गर्ने वातावरण बनोस भनेर सहयोग गरेको अधिकारी र महतोले बताउनुभयो । उहाँहरुले यअसघि जिल्ला प्रशासन र बेनी नगरपालिका कार्यालयलाई स्वास्थ्य सामग्री उपलब्ध गराउनुभएको थियो ।

सहयोग स्वरुप प्राप्त भएका सामग्रीहरु सञ्चारमाध्यम तथा पत्रकारहरुलाई वितरण गरिएको सचिव अमित विश्वकर्माले बताउनुभयो ।