नेपाली काँग्रेसको विजय र्‍याली सदरमुकाम बेनीमा –(फोटोफिचर)

  • ४ जेष्ठ २०७४, बिहीबार
  • धिरन खत्री
  • 7420 पटक पढिएको

म्याग्दी,४ जेठ । म्याग्दीको छ स्थानीय तहको मतगणना सम्पन्न हुदाँ जिल्लामा चार  तहमा नेपाली काँग्रेस  बिजयी भएपछि विहिबार सदरमुकाम बेनीमा विजय र्‍याली गरेको छ ।

  जिल्लाको एकमात्र नगरपालिका बेनी नगरपालिका, रघुगंगा, अन्नपूर्ण र मालिका गाउँपालिकामा काँग्रेसले आफनो पक्षमा बिजय हासिल गरेपछि सदुमुकाम बेनीमा बृहत  विजय र्‍याली प्रदशन गरेको हो  ।


नेपाली काग्रेसले  बेनी नगरपालिकाको  मेयरमा हरिकुृमार श्रेष्ठ , अन्नपुर्ण गाउँपालिकाको प्रमुखमा क्याप्टेन डमबहादुर पुन, रघुगंगा गाउपालिकाको प्रमुखमा  भवबहादुर भण्डारी, मालिका गाउँपालिका प्रमुख श्रीप्रसाद रोकाले जित्न सफल भएका थिए ।

भने जिल्लाको स्थानीय तहअनुसार  ४५ ओटा मध्य १४ ओटा वडामा विजय हासिल गरेका अध्यक्ष र सदस्यहरु लगायतको टिमलाई नेपाली काग्रेसको जिल्ला कार्यसमितीले बधाई एंवम सम्मान गरेको थियो ।


नेपाली काग्रेसका निर्वाचीत टिम, जिल्ला कार्यसमिति र हजारौँ कार्यकता  र शुभचिन्तकहरुले बाजागाजा सहित बृहत ¥याली  पाटी कार्यालयबाट निकाली बजार परिक्रमा गरेको थियो । तस्विरः धिरन खत्री

 

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l