रघुगंगामा काँग्रेसकोे जित, भबबहादुर भण्डारी फराकिलो मतले बिजयी

  • ४ जेष्ठ २०७४, बिहीबार
  • 3403 पटक पढिएको

म्याग्दी, ४ जेठ । म्याग्दीको रघुगंगा गाउँपालिकामा नेपाली काँग्रेसले फराकिलो अन्तरले जित हासिल गरेको छ । एमाले–माओबादी केन्द्र गठबन्धन रहेको गाउँपालिकामा काँग्रेस एक्लै चुनाबीमा मैदानमा उत्रिएको थियो । प्रमुख÷उपप्रमुख सहित ८ वडा मध्ये ७ वडाअध्यक्षमा काँग्रेस विजयी भएको हो ।

प्रमुखमा काँग्रेसका भब बहादुर भण्डारीले ४४३४ मत ल्याउँदै एमाले–माओबादी गठबन्धनका खिमबहादुर शाहीलाई एक हजार ७ सय ४ मतले पराजित गर्नुभयो । शाहीले २७३० मत पाउनुभयो । उपप्रमुखमा काँग्रेसकी कमला तिलिजा विजयी हुनुभयो । उहाँले गठबन्धन तर्फबाट उम्मेदवार बनेका हरि भण्डारीलाई एकहजार १ सय ८५ मतले पराजित गर्नुभयो ।

तिलिजाले ३८४७ र भण्डारीले २६६२ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । काँग्रेसले वडा नं १ वेगखोला, ४ दग्नाम, ५ झि, ६ पाखापानी, ७ चिमखोला र ८ कुईनेमँगलेमा प्यानलै विजयी हासिल गरेको छ भने वडा नं ३ पिप्लेमा एक सदस्य बाहेक वडाअध्यक्ष सहित ४ सीटमा विजय पाएको छ ।

वडा २ भगवतिमा भने गठबन्धनका रिम कटुवाल सहित प्यानल विजयी भएको थियो । वडाअध्यक्ष मध्ये सबैभन्दा बढी मत वडा नं ८ कुईनेमँगलेमा गमान छन्त्यालले ६८२ मत ल्याएर विजयी हुनुभयो । उहाँका निकटम प्रतिद्धन्द्धी एमालेका चन्द्रमान छन्त्यालले २७ मत ल्याउनुभयो । कुइनेमँगलेमा ९४२ मतदाता मध्ये ७२३ मत खसेको थियो ।