मंगला गाउँपालिकामा एमाले बिजयी

  • ४ जेष्ठ २०७४, बिहीबार
  • 1737 पटक पढिएको

म्याग्दी ४ जेठ । म्याग्दीको मंगला गाउँपालीकामा नेकपा एमाले र रघुगंगा गाउँपालीकामा नेपाली काँग्रेस बिजयी भएको छ ।मंगला गाउँपालीकाको अध्यक्षमा नेकपा एमालेका सतप्रसाद रोकाले तिन हजार ६१५ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । उहाँका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका चन्द्रप्रसाद बुढाथोकीले दुई हजार ६८९ मत प्राप्त गर्नुभयो ।

उपाध्यक्षमा नेकपा एमालेकी सिर्जना केसीले तिन हजार ७०२ मत ल्याएर निर्वाचित हुनुभएको छ । उहाँकी प्रतिस्पर्धी नेपाली काँग्रेसकी हुमादेवी फगामीले एक हजार ८६७ मत प्राप्त गर्नुभयो ।
पाँच वटा वडा रहेको मंगला गाउँपालीका एघार हजार ५८ जना मतदाता रहेकोमा सात हजार ३५५ मत खसेको थियो । चार वटामा एमाले र एक वटा वडामा माओवादी केन्द्रका उमेद्वार निर्वाचित भएका छन् ।