छहारी युवा क्लबद्धारा फुलबारीका अतिविपन्न ६ घरपरिवारलाई खाद्यान्न र सरसफाई सामाग्री सहयोग

  • १३ चैत्र २०७६, बिहीबार
  • 1830 पटक पढिएको

बेनी १३ चैत । म्याग्दीको मालिका गाउँपालिका–४ फुलवारीमा रहेको छहारी युवा क्लबले विपन्न ६ घरपरिवारलाई खाद्यान्न र सरसफाई सामाग्री सहयोग गरेको छ । कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले देशभर लकडाउनको घोषणा गरेसंगै दैनिकी गुजारा चलाउन समेत नसक्ने अबस्थाका ६ घरपरिवारलाई क्लबले खाद्यान्न र सरसफाईको लागि साबुन लगायतका सामाग्री सहयोग गरेको हो ।


विश्वव्यापी महामारीको समस्या बनेको भाइरसबाट जोगिनका लागि विपन्न परिवारलाई घरमै सुरक्षित रहेर बस्न र नियमित रुपमा सरसफाईमा ध्यान दिन आग्रह गरिएको थियो । सो सामाग्री क्लबका अध्यक्ष सुजन हमाल, सचिब दिनेश पुन, सल्लाहकार तुलनारायण बुढा, सहसचिब हरि बुढाले हस्तान्तरण गर्नुभएको थियो ।